डा.गोबिन्द केसीको स्वास्थ अवस्था गम्भीर ,माग सम्बोधन गर्ने बिषयमा सरकार उदासिन |

देश

डा.गोबिन्द केसीको स्वास्थ अवस्था गम्भीर ,माग सम्बोधन गर्ने बिषयमा सरकार उदासिन |
जुलाई २३ काठमाडौँ :- २४औं दिनदेखि अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । डा. केसीको रेखदेखमा बसेको मेडिकल टिमले यही अवस्था रहे जुनसुकै बेला खतरा हुन सक्ने बताएका छन्। डा. केसीको यो अनसन अहिलेसम्मकै लामो हो। यसअघि उनि २३ दिनसम्म अनसन बसेका थिए। १५औं अनसन जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु गरेका डा केसीलाई सरकारले उपचार गर्ने भन्दै जबर्जस्ती २०औं दिनमा काठमाडौं ल्याएको थियो। आइतबार बेलुकी डा केसीलाई भेट्न पुगेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मेडिकल टिमले स्पष्ट भनेको थियो ‘ तपाईं समक्ष केकस्ता कुरा आइपुग्छ त्यो हामीलाई जानकारी छैन। तर, यस्तै अवस्था रहिरहेमा तपाईंले डा केसीलाई फेरि भेट्न नपाउन पनि सक्नु हुन्छ। आइतबार बेलुकी नै डा केसीलाई भेट्न आमा मित्रकुमारी पनि अनसनस्थल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेकी थिइन्। चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखी १५ पटकसम्म अनसन बस्न वाध्य भएका डा केसीको माग सम्बोधनको विषयमा भने सरकारले खासै पहल गरेको छैन। चिकित्सा शिक्षा विधेयकलाई अध्यदेशमा भएको व्यवस्था अनुरुप नै प्रस्तुत गर्नुपर्ने मुख्य माग राखी डा केसीले अनसन थालेका हुन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...