नेपाल र चिन बीच ईलेक्ट्रोनिक रेल सहित १० सम्झौता |

देश

नेपाल र चिन बीच ईलेक्ट्रोनिक रेल सहित १० सम्झौता |
जुन २१ फिस्टेल न्युज:-नेपाल र चीनबीच रेल विस्तारसहित विभिन्न सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बिहीवार ती सम्झौतामा हस्ताक्षर भएको हो । ग्रेट हल अफ पिपुलमा प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँगको भेटपछि सहमति पत्रका हस्ताक्षर भएको हो । त्यसअघि प्रधानमन्त्री ओली र खछ्याङीच छलफल भएको हो । दुई देशबीच चिनियाँ रेल्वेलाईन काठमाडौंसम्म विस्तार गर्ने सहमति भएको छ । नेपाल र चीनबीच इलेक्टिक कार्गो रेलका लागि रेल्वेलाइन बनाउने सहमति भएको हो । यस्तै दुईदेबीच अन्तरदेशिय प्रशारण लाईन निर्माण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्यसअघि चीनले प्रधानमन्त्री ओलीलाई राजकीय सम्मान गार्ड अफ अनर प्रदान गरिएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...