डा.केसी समर्थक र प्रहरी बीच भिडन्त ,बानेश्वर तनाव ग्रस्त |

देश

डा.केसी समर्थक र प्रहरी बीच भिडन्त ,बानेश्वर तनाव ग्रस्त |
जुलाई २१काठमाडौँ:– २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा निस्किएको जुलुसमा झडप हुँदा प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। घाइते मध्ये ६ जनाको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा तरुण दल अध्यक्ष जितजङ्ग बस्नेत, केन्द्रीय सदस्य मुना भुसाल, तरुण दलका अर्का नेता विनोद महर्जन, कविर शर्मा, प्रहरी निरीक्षक खेम नेपाल र नेपाल प्रेस युनियनका महासचिव अजय शिवाकोटीको उपचार भइरहेको छ। अहिले पनि बानेश्वरमा स्थिति तनाबग्रस्त छ। प्रहरीले अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई हटाइरहेको छ। अहिले पनि प्रदर्शनकारी र प्रहरीबिच झडप भैरहेको छ । नयाँ वानेश्वरमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले गरेको प्रदर्शनका क्रममा प्रदेश नम्बर २, ३ र ४ का तीन मन्त्रीको गाडीमाथि तोडफोड भएको छ । प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको, प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशाेर शाहकाे गाडीमा तोडफोड गरेका हुन् । यस्तै ४ नम्बर प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनको ग१झ२७६ नम्बरको गाडीमा पनि क्षति पुगेकाे छ । सातवटै प्रदेशका सामाजिक विकासमन्त्रीको बैठकमा सहभागि हुन आएका उनीहरु राजधानीको इन्द्रेणी फुडल्याण्डमा सो गाडी रोकेर बसेकोमा माइतीघरतर्फबाट नयाँ वानेश्वरतर्फ अघि बढेका तरुण दलका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए । तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर इन्द्रेणी फुडल्याण्डकै बा११च १२६६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...