पाकिस्तानी प्रधानमंत्री अब्बसीको सम्मानमा १९ तोपको सलामी |

देश

पाकिस्तानी प्रधानमंत्री अब्बसीको सम्मानमा १९ तोपको सलामी |

मार्च ५ काठमाडौँ :- पाकिस्तानी प्रधानमन्त्री शााहिद खकान अब्बासी दुई दिने नृपाल भ्रमणका क्रममा काठमाडौं आइपुग्नु भएको छ । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री युवराज खतिवडाले स्वागत गर्नु भएको थियो ।

उहाँको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो ।

याे अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गर्नुभएको थियो । समारोहमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो । टुँडिखेलमा गार्ड अफ अनर दिइने अब्बासी पहिलो विदेशी पाहुना हुनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी समकक्षी अब्बसीलाई होटल हायातमा आजै रात्रिभोज दिनु हुनेछ । भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ता पछि अब्बासी स्वदेश फर्किनु हुनेछ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...