समाजवादी पार्टी र राजपा बीच पार्टी एकता, जनता समाजवादी पार्टी नेपालको नाममा निर्बचान आयोगमा दर्ता ।

राजनीति

समाजवादी पार्टी र राजपा बीच पार्टी एकता, जनता समाजवादी पार्टी नेपालको नाममा निर्बचान आयोगमा दर्ता ।
एप्रिल २३ काठमाडौँ :-समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच बुधबार मध्यरातमा पार्टी एकता भएको छ ।लामो समयदेखि चल्दै आएको चर्चामाझ राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधवार अबेर राति एकता भएको छ।नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा राताे र हरियो रंगको बीचमा तारा हुने छ।साथै, एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुने छ।एककृत पार्टी जनता समाजवादी पार्टी नेपालको नाम निर्बाचन आयोगमा दर्ता भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...