सडक डिभीजन कार्यालयका कम्प्युटर अपरेटर प्रकाश पौडेल सहित दुई जना १ लाख ७५ हजार घुस सहीत पक्राउ |

अपराध

सडक डिभीजन कार्यालयका कम्प्युटर अपरेटर प्रकाश पौडेल सहित दुई जना  १ लाख ७५ हजार घुस सहीत पक्राउ |
जुलाई १९ दमौली:- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले घुस रकमसहित सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाहीलाई पक्राउ गरेको छ । आयोगको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालका अनुसार सेवाग्राहीबाट एक लाख ७५ हजार घुस लिने क्रममा दुवै जनालाई कार्यालयबाटै पक्राउ गरिएको हो । अपरेटर पौडेलसँग मिलेर शाहीले बिचौलियाको भूमिका निभाएका थिए । लमजुङको सुन्दरबजारस्थित खत्रीठाँटी सडकको भुक्तानी दिने सन्दर्भमा बिल पास गराइदिने भन्दै पौडेलले प्रशासनिक खर्च मागेको रिजालले बताउनुभयो । ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...