रौतहटमा दश जना कोभिद -१९ संक्रमित भारतबाट आएको पुस्टि ,नेपालमा संक्रमित २९१।

स्वास्थ्य

रौतहटमा दश जना कोभिद -१९ संक्रमित भारतबाट आएको पुस्टि ,नेपालमा  संक्रमित २९१।
मे १७ काठमाडौँ :-रौतहटमा आज बिहान कोरोना संक्रमण पुष्टि भएका १० जना नै भारतबाट आएको खुलेको छ ।उनीहरु केही दिनअघि मात्रै भारतको मुम्बइ, गुजरातलगायतका ठउँबाट आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार बिहान कोरोना पुष्टि भएको थियो ।प्रजिअ घिमिरेका अनुसार भारतबाट फर्केलगत्तै उनीहरुलाई सीधै क्वारेन्टाइनमा पठाइएको थियो । क्वारेन्टाइनमा रहेका उनीहरुको गत शुक्रबार स्वाबको नमूना संकलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...