प्रथम इनास प्रिमियर कप २०१९ ए साईड फुटबल उपाधी आईकाड एएफसी अबुधाबीलाई।
खेलकुद विदेश
खेलमा प्रथमहुने आईकाड एफसीले नगद १ लाख ५० हजार सहित गोल्डकप, ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो हुने एफसी मिना टिमले नगद ७५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ । अनुशासित टिमको उपाधी भने युनाईटेड स्टार एफसीले ट्रफी, प्रमाणपत्र र नगद ६ हजार सहित हात पार्यो ।
यस्तै खेलमा उत्कृष्ट खेलाडीका रुपमा आईकाड एफसीका विशाल पाख्रिन, बेष्ट डिफेन्सको उपाधी उपेन मगर, बेष्ट मिड फिल्डर तिलक चौधरी, बेष्ट किपरको उपाधी सुनिल श्रेष्ठ घोषित भएका थिए भने उनीहरु सबै जनाले नगद ३ हजार सहित ट्रर्फी प्राप्त गरेका थिए ।
एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाद्वारा बल रेफ्रीलाई दिएर उदघाटन गरिएको यस प्रतियोगितामा युएईका सबै राज्यहरूबाट १४ वटा टिमको सहभागिता थियो । बिजेता र उपबिजेता टिमका खेलाडीहरुलाई बरिष्ठ समाजसेवी चन्द्रप्रसाद सापकोटा, समाजसेवी एकेन्द्र थापा, एनआरएनए मध्यपूर्व संयोजक मनोज गोर्खाली तथा समाजसेवी लोकेन्द्र बमले पुरुस्कार प्रदान गरेका थिए । पुरुस्कार प्रदान गर्दै विशेष अतिथी सापकोटाले इनास प्रिमियरले इनासलाई कलाकारिताको क्षेत्रमा मात्र नभएर अबदेखि नेपाली खेलकुद क्षेत्रमा पनि चिनाउन थालेको कुरा गरे ।
ब्यबस्थित, भब्य र सभ्य रुपमा इनास प्रिमयर कप ११ ए साईड फुटबल प्रतियोगिता सम्पन्न गरेकोमा बधाई र धन्यवाद दिँदै आगामी दिनमा सधै साथ रहने र हातेमालो गर्न तयार रहेको कुरा समाजसेवी एकेन्द्र थापाले बताए ।
समापन समारोहमा इनास युएईका अध्यक्ष राम तामाङ, इनास आबुधाबीका अध्यक्ष सागर क्षेत्री, प्रायोजक ईन्डेक्स एक्सचेन्जका नविन पौडेल, नेपाली समाज युएईका खेल संयोजक हिरालाल श्रेष्ठ, खेल विश्लेषक राउल श्रेष्ठ, इनास खेलकुद संयोजक दुर्गा सुनुवार तथा व्यवस्थापक सूर्य सुनुवार लगाएतले खेल भब्य रुपमा सफल भएकोमा सबै सहयोगी क्लबहरू र खेलाडीहरुलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका थिए । 
