दोस्रो आदर्श कप भलीबल प्रतियोगिता २०१८ युएईमा हुने |

खेलकुद

दोस्रो आदर्श कप भलीबल प्रतियोगिता २०१८ युएईमा हुने |
मंसिर १८ यूएई:- कास्की आर्दश सेवा समाज युएईले गत वर्ष झै यस बर्ष पनि दोस्रो काठमाडौँ रेष्टुरेन्ट कप भलीबल २०१८ प्रतीयोगीताको आयोजना गरेको छ | समाजले यस पटक पुरस्कार राशीमा समेत वृद्धि गर्दै नेपाली युवाहरुलाई भलिबल खेलमा आकर्षित गर्न खोजेको प्रतियोगिताका संयोजक सुरेन जिशीले बताए।संधै कामको व्यस्ततामा रहने नेपालीहरुलाई खेल तर्फ आर्कषित गर्न मनोरंजन प्रदान गर्न दुबई स्थित कास्की आर्दश सेवा समाजले यस्तो प्रतीयोगीताको आयोजना गरेको संयोजक जिशीले बताए ।जिशीले भने–“यो ठाँउ भनेको कामका लागि नै आउने हो, यहाँ त्यस्तो मनोरंजन खेलकुद भन्ने कुरा नहुने होइन तर नगद पुरुस्कारनै राखेर यस्ता प्रतियोगिता गर्न असम्भब प्रायः नै हुन्छ ।” कास्की आर्दश सेवा समाजले गत वर्षबाट सुरु गरेको यो प्रतियोगितालाई निरन्तरता दिंदै १८ वटा टिम प्रतियोगितामा सहभागिता हुने जनाएको छ। सहभागी १८ मध्ये २ टिम आयोजकको रहने जनाइएको छ। आगामी डिसेम्बर ७ अर्थात मंसिर २१ गते यस प्रतियोगिता अल–बार्शा दुबईमा हुनेछ। प्रतियोगितामा बिजेता हुने टिमले ३ हजार र उपबिजेताले नगद २ हजार रियलका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्। यति बेला विभिन्न टिमहरुले प्रतियोगिताका लागि नाम दर्ता गराउन सूरु गरिसकेको संयोजक जिशीले बताएका छन्। “यो प्रतियोगिताका लागि प्रतियोगिता मात्रै होइन नेपाली यूबाहरुलाई खेल प्रतिको भावना जगाई राख्नका लागि पनि महत्वपूर्ण कार्यक्रम हो” उनले भने। कास्की सेवा आर्दश समाजको आयोजनामा गत वर्ष भएको प्रतियोगितामा ट्रान्स फाष्ट भलिबल क्लब अबुधाबीले उपाधी जितेको थियो।  

प्रतियोगिताको टाइटल स्पोन्सरहरु :- काठमाण्डौ रेष्टुरेण्ट अबुदावी, पावर्ड वाइ युएइ एक्सचेन्ज, सहहरु स्पोन्सर हिमालयन रेष्टुरेण्ट, पीपल ट्राभल, ग्रीनलाइन ट्राभल, अल फरदन एक्सचेन्ज , नेपाली चुलो अवुदावी, सिल्भरस्पोन एलाहलिया एक्सचेन्ज, आई एम ई नेपाल ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...