पोखरामा युट्युब हेरेरा नक्कली नोट छाप्ने २ जना पक्राउ ।

अपराध

पोखरामा  युट्युब  हेरेरा नक्कली नोट छाप्ने २ जना पक्राउ ।
फागुन ८ पोखरा :-कास्की प्रहरीले पोखराको प्रस्याङबाट नक्कली नोट छापिरहेको अवस्थामा पक्राउ गरेका २ जनाले युटुब भिडियोबाट सिकेर पैसा छाप्ने कार्य गरेको खुलासा भएको छ ।मकवानपुर हेटौंडा घर भई पोखरा-५ प्रस्याङ धारामार्गमा डेरा गरी बस्ने ३३ बर्षीय नरेश लामा र २५ बर्षीय सरस्वती बलामीले युटुब भिडियो हेरेर नक्कली पैसा प्रिन्ट गर्ने चाहिने प्रिन्टर खरिद गरि नक्कली पैसा छापी कारोबार गर्ने गरेको तथ्य अनुसन्धान पश्चात खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरुले पोखराको भाटभटेनीबाट प्रिन्टर खरिद गरि प्रस्याङ धारामार्ग स्थित आफ्नै डेरामा नक्कली पैसा छाप्ने गरेका थिए । छापेका नक्कली पैसाबाट उनीहरुले विशेषगरि महिला, केटाकेटिहरु भएको पसलहरुमा गई रिचार्ज कार्ड किन्ने गरेको र कतै कतै आबश्यक अन्य सामानहरु पनि किन्ने गरेको प्रहरीले उल्लेख गरेको छ ।प्रहरीका अनुसार दिनमा १०/१५ बटा सम्म नक्कली नोट साट्ने गरेका उनीहरुले करिव २०० भन्दा बढी स्थानहरुमा पुगी नक्कली पैसा साट्ने गरेका थिए । प्रहरीले उनीहरुको साथबाट मोटरसाईकलको साथै १ हजारका १९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने कलर प्रिण्टर, एनटिसी र एनसेलका ८५ हजार २ सय ५० बराबरको रिचार्ज कार्ड, १ लाख २८ हजार ४ सय ३० रुपैया नगद, ल्यापटप, २ वटा मोवाइल र २ थान ५ सयको भारतीय नोट बरामद गरेको जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...