पोखरा यातायात कार्यालयबाट २९ जना पक्राउ |

अन्य

पोखरा यातायात कार्यालयबाट २९ जना पक्राउ |

जनवरी ८ नवलपरासी :- प्रहरीले आईतवार यातायात व्यवस्था कार्यालय गण्डकीवाट २९ जना लेखापढी व्यसायी पक्राउ गरेको छ ।पृथ्वीचोकमा रहेको सवारी दर्ता र नविकरण कार्यालयवाट १९ जना र ड्यामसाईडको लाईसन शाखावाट १० सेवाग्राहीहरुलाई तानातान गर्ने गरेको, कार्यालयमा हुलहुज्जत र प्रलोभन देखाई रकम असुलेर अशान्ती फैलाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपि खड्कवहादुर खत्रीले जानकारी दिए । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानको लागि सार्वजनिक अपराध तथा सजाय ऐन २०२७ वमोजिम थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । ‘व्यवसायीहरुले सेवा ग्राहीलाई दुख दिने गरेको गुनासाहरु पटक पटक आए । यसअघि पनि सम्झाउदा समेत अटेर गरे’ खत्रीले भने‘ ।

लेखापढी कानुन व्यवसायी एशोसिएसन कास्कीका अध्यक्ष अम्वरवहादुर कार्की(अनिल)ले राज्यको नीति र कानुनमा रहेर राज्यलाई नै सघाउदा प्रहरीले व्यवसायीहरुलाई पक्राउ गर्नु मानवअधिकार विपरित भएको टिप्पणी गरे । सम्मानित ढंगवाट पेशा व्यवसाय गर्ने अधिकार कानुनले सवैलाई प्रदान गरेको र सोही वमोजिम काम गर्दा अनुमानका भरमा व्यवसायीलाई पक्राउ गर्न नहुने कार्कीको भनाई छ |

साभार :-पिस पोखरा


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...