आफ्नै आमाको हत्या गर्न छोरीले दियो सुपारी, हत्यामा संलग्न चार जना अभियुक्तहरु पक्राउ ।

अपराध

आफ्नै आमाको हत्या गर्न छोरीले दियो सुपारी, हत्यामा संलग्न चार जना अभियुक्तहरु पक्राउ ।
जुलाई १ काठमाडौँ :- सिन्धुपाल्चोक बाडेगाउँ-५ घर भई ईन्द्रावती गाउँपालिका-५ बस्ने ६१ वर्षीया सावित्री भट्टराईको हत्यामा संलग्न ४ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिराह कल्याणपुर नगरपालिका-४ घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने २३ वर्षीय मोहम्मद नौसाद, भारत पूर्वी दिल्लीमा बस्ने २४ वर्षीय अर्जुन कुमार भन्ने भोला कुमार, भारत मधुमनीका २४ वर्षीय मोहम्मद रहिश र मृतककी कान्छी छोरी सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-५ की हाल चागुँनारायण नगरपालिका-७ बाँसबारी बस्ने २७ वर्षीया ईश्वरी भट्टराई रहेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका-७ बाँसवारीस्थित ईश्‍वरी भट्टाराईको घरको भुईतलामा आइतबार सावित्री भट्टराईको हत्या भएको घटनाको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । मृतककी छोरी ईश्वरी भट्टराई र अभियुक्त मोहम्मद नौसादबीचको सम्बन्धका बारेमा मृतक साबित्री भट्टराईले थाहा पाएपछि उक्त कुरा बाहिर आउँछ भन्ने डरले ईश्वरी भट्टराईले आफ्नो प्रेमी मोहम्मद नौसादसँग सल्लाह गरी आमालाई मार्न १२ लाखको सुपारी दिने सहमती भएपछि मोहम्मद नौसाद र भोला कुमारले सल्लाह गरेर भारतबाट मोहम्मद रहिशलाई नेपाल बोलाई हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...