पोखरामा रामजी घलेले छोराको घाँटी रेटेरा हत्या |
अपराध
गर्भवती अवस्थामा रहेकी सुमित्राको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको र उनको अप्रेशन गरेर मृत वच्चा निकालिएको प्रहरीले जनाएको छ । उनको घाँटीको अघिल्लो भागमा काटिएको छ । गम्भिर अवस्थामा रहेका घलेको पनि मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
श्रीमान रामजी घलेलेनै घटना घटाएको प्रारम्भिक अनुसन्धानवाट खुलेको रानाको भनाई छ । ‘सुमित्राले मलाई रामजीले मारेको हो भनेर भित्तामा रगतले लेखेको फेला परेको छ । सवैभन्दा ठूलो प्रमाण त्यही हो।’एसपी रानाले भने‘ घरपरिवारमा वुझ्दा पनि वाहिर शंका गरेको छैन। सुमित्रा अहिले वेहोस हुनुहुन्छ , पछि उहाँ होसमा आएपछि सवै कुरा थाहा हुन्छ ।’ घटनाको अनुसन्धान भईरहेको र केही दिनमै यथार्थ विवरण आउने रानाको भनाई छ ।
विहान ३ः ३० बजे वडा प्रहरी कार्यालय रामवजारवाट प्रहरी निरिक्षक दीपक केसीको कमाण्डमा गएको प्रहरी टोलीले छोरा ज्ञापन घलेको शव नजिकै उनलाई रगताम्मे अवस्थामा फेला पारी अस्पताल पु¥याएको थियो ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओमवहादुर रानाले घटनाको प्रहरीले अनुसन्धान गरिहेको र घटनामा वाहिरी व्यक्तिको संलग्नता नभएको वताए । 
