पोखरा महानगर पालिकाको गाडीमा आगो लगाउने ५ जना पक्राउ ।

राजनीति

पोखरा महानगर पालिकाको गाडीमा आगो लगाउने ५ जना पक्राउ ।
माघ २० पोखरा :- पोखरामा महानगर पालिकाको पीकअप गाडीमा आगो लगाई फरार भएका ५ व्यक्ति पक्राउ परेका छन् | श्रीकृष्ण माविको गेट अगाडि पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको निशान पिकअप गाडीलाई मोटरसाइकल तथा स्कुटरमा आएका ४-५ जनाको अज्ञात समुहले बाटो छेकेर पेट्रोल छर्कि आगो लगाएर फरार भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र महानगरपालिकाको दमकलसमेतको सहयोगमा बिहान १०:०० बजे आगो नियन्त्रणमा लिईएको थियो । आगजनीबाट सवारी साधनमा ७० प्रतिशत भन्दा बढि क्षति पुगेको छ ।अनुसन्धानका क्रममा चालकले दिएको हुलिया तथा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले लेकसाइड स्थित स्ट्रिट नं ९ मा होटेलमा लुकिछिपि बसेको अबस्थामा ५ जनालाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं ६ का २३ वर्षीय डिफान भुजेल, वडा नं ३२ का ३३ वर्षीय पर्शुराम बस्नेत, वडा नं ३० बस्ने ३० वर्षीय राजेन्द्र बराल, सोही वडा बस्ने ३५ वर्षीय लक्ष्मी प्रसाद पौडेल र वडा नं ३३ बस्ने २२ वर्षीय बिनय पौडेल रहेको प्रहरीले उल्लेख गरेको छ । उनीहरु काँग्रेस सम्बद्ध संगठन नेवि संघमा आवद्ध रहेका छन् । प्रहरीले घटनामा प्रयोग भएको ग ८ प ५८२३ को स्कुटर, ग १४ प १७२९ को स्कुटर र बा ५६ प ३४८६ को एभेन्जर मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...