पशुपति क्षेत्रमा नाङ्गा बाबा र गाँजा किन रोक नलगाएको ?सर्बोच्च अदालत |

समाज

पशुपति क्षेत्रमा नाङ्गा बाबा र गाँजा किन रोक नलगाएको ?सर्बोच्च अदालत |

फेब्रअरी १८ काठमाडौँ :-सर्वोच्च अदातलले पशुपति क्षेत्रमा नाङ्गा बाबा र गाँजा बिक्री वितरणमा रोक नलगाउनुको कारण सरकारसँग लिखित रुपमा माग गरेको छ।न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । अधिवक्ता यज्ञमणि न्यौपानेले हिन्दुहरुको आस्थाको केन्द्र पुशपतिनाथ मन्दिर क्षेत्रमा कानुनले बिक्रीका लागि प्रतिबन्ध लगाएको गाँजाको सेवन गर्ने तथा नाङ्गा बाबाहरुले महिला र बालबालिकामाथि अभद्र व्यवहार गर्ने जिकिर गर्दै माघ २८ गते सार्वजनिक सरोकारको रिट हालेका थिए।

उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले विपक्षीहरुसँग लिखित जवाफ मगाउने आदेश गरेको हो।रिटमा शिवरात्रिमा रुढिवादी सोचका कारण नाङ्गा बाबा ल्याई लिंग प्रदर्शन गराउने कार्यले महिला तथा बालबालिकामाथि अश्लील कार्यहरु हुने गरेको जिकिर गरिएको थियो।शिवरात्रिको लागि आदेश माग गर्दै रिट दायर भएकोमा शिवरात्रि सकिएको भन्दै अन्तरिम आदेश जारी गर्न सर्वोच्चले अस्वीकार गरेको छ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...