नेपाली आदिवासी जनजाती महासंघ,पोर्चुगलको पाचौं अधिवेशन सम्पन्न ।
जनजाती बिशेस विदेश
नयाँ कार्यसमितिमा हेम गुरुङ्ग, अध्यक्ष, रिपुजङ्ग लिम्वु —उपाध्यक्ष,देब श्रेष्ठ — उपाध्यक्ष, निम ल्हमु शेर्पा — उपाध्यक्ष, सुवाश पुन मगर — महासचिव,मिङ्गमा शेर्पा(बादल) — सचिव, जानकी दोङ्ग लामा — कोषाध्यक्ष, सुर्य बहादुर थापा— सह—कोषाध्यक्ष, फुर्वा शेर्पा — सदस्यहरुमा रोहित जिमी याक्ख्या,प्रेम लिम्वु, राज लिम्वु,रविन तामाङ्ग, सुवाश तामाङ्ग,शान्ति गुरुङ्ग, काजीमान श्रेष्ठ— सदस्य, पुजा श्रेष्ठ रहेका छ्न। नवनिर्वाचित अध्यक्ष हेम गुरुङ्ग अघिल्लो कार्यसमितिमा २ वर्ष उपाध्यक्ष भइ काम गरेका थिए भने अन्य पदाधिकारी सबै नयाँ चयन गरिएको छ ।
राजधानी लिस्वोन स्थित एभरेष्ट रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको घोषणा सभामा कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद पोर्चुगलका सदस्य पेम्वा शेर्पा द्धारा नयाँ चयन भएका सम्पुर्ण पदाधिकारीहरुलाई सपथ खुवाएको थिए । उक्त कार्यक्रम कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाको अध्यक्षतामा सम्पन्न थियो भने कार्यक्रममा तमू समाज पोर्चुगल,मगर समाज पोर्चुगल,तामाङ्ग समाज पोर्चुगल,किरात याक्थुङ चुम्लुङ पोर्चुगल लगाएतका मात्रृ संस्थाका अध्यक्षहरु क्रमश ः प्रितम गुरुङ्ग,चोपकुमार राना मगर, किरात याक्थुङ चुम्लुङकी अध्य्क्ष दीपा लिम्बु र सनिता ब्लोन तामाङ्गले मन्तब्य राखेका थिए । कार्यक्रममा कोषाध्यक्ष तारा गुरुङ्गले आर्थिक प्रतिवेदन र महासचिव मदन लिम्वुले प्रगति प्रतिवेदन पेश गरेका थिए । उक्त कार्यक्रम महासचिव मदन लिम्वुले सञ्चालन गरेका थिए । 
