नेपालमा पछिल्लो २४ घन्टामा ८२ जना नया कोभिड-१९ संक्रमित पुष्टि।

स्वास्थ्य

नेपालमा पछिल्लो २४ घन्टामा ८२ जना नया कोभिड-१९ संक्रमित पुष्टि।
जुलाई १२ काठमाडौँ :- नेपालमा पछिल्लो २४ घन्टामा थप ८२ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा आइतबार ८२ जना संक्रमित भेटिएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।नेपालमा संक्रमित मध्ये ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा १ सय ४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...