नेपालमा आज थप २७९ जना कोरोना संक्रमित पुष्टि।

स्वास्थ्य

नेपालमा आज थप २७९ जना कोरोना संक्रमित पुष्टि।
जुन १० काठमाडौँ :-नेपालमा बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार दिउसो थप २ सय ७९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेस्वर प्रसाद गौतमले जानकारी दिए ।नेपालमा कोरोना संक्रमण फैलिएको जिल्लाको स‌ंख्या ७२ रहेको छ ।नेपालमा संक्रमित मध्ये ६ सय ७४ जना निको भएर घर फर्किसकेका छन् भने १५ जनाको मृत्यु भैसकेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...