गण्डकी प्रदेशमा संक्रमित संख्या २२३ पुग्यो ,एकै दिनमा १८ जना संक्रमित।

स्वास्थ्य

गण्डकी प्रदेशमा संक्रमित संख्या २२३ पुग्यो ,एकै दिनमा १८ जना संक्रमित।
जुन १६ पोखरा :-गण्डकी प्रदेशमा काेराेना संक्रमितको संख्या २ सय २३ पुगेको छ | प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार बिहान १८ जनामा संक्रमण पुष्टि भएकाे छ ।म‌ंगलबार बिहान पुष्टि हुनेमा कास्कीका १ सहित गाेर्खाका १०, स्याङ्जाका ४, नवलपुरका २ र बागलुङका १ जना छन् । कास्कीमा देखिएकाका २१ बर्षीय पुरुष भारतबाट आई पाेखरा महानगरले राखेकाे क्वारेन्टिनमा बसेका थिए । उनीहरु सबै भारतबाट फर्किएका रहेकाे र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेकाे निर्देशनालयले जनाएकाे छ । उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । हालसम्म गण्डकीका ९ जिल्लामा संक्रमण देखिएकाे छ । स्याङ्जाका १ पुरुषकाे काेराेनाकै कारण मृत्यु भएकाे छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...