कोरोनाबाट आज मात्रै ९ जनाको मृत्यु

देश    स्वास्थ्य

कोरोनाबाट आज मात्रै ९ जनाको मृत्यु
९ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा काठमाडौं, महोत्तरी र बाराका दुई/दुई जना तथा पर्सा, रुपन्देही र कैलालीका एक/एक जना छन् । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७२ पुगेको छ । ८५५ जना संक्रमित थपिए यसैबीच पछिल्लो २४ घण्टामा ८५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र २३२ संक्रमित थपिएका छन् । काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । उनीहरुमध्ये १९ हजार १९९ निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१३ जना डिस्चार्ज भएका छन् । हाल देशभरमा गरी १४ हजार २५० संक्रिय संक्रमित छन् । काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीमा संक्रिय संक्रमित ५०० भन्दा बढी छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...