नेपाल बिद्यार्थी संघले लकडाउनको उल्लङ्घन गर्दै सरकार बिरुद्द प्रदर्शन ।

राजनीति

नेपाल बिद्यार्थी संघले लकडाउनको उल्लङ्घन गर्दै सरकार बिरुद्द प्रदर्शन ।
एप्रिल २३ काठमाडौँ :- कोभिड -१९ कारण लकडाउन गरिएको अवस्थामा नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले भने लकडाउन उल्लंघन गर्दै राजधानीमा सरकार विरोधी प्रदर्शन गरेको छ ।नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णको नेतृत्वमा बानेश्वरको मिन भवनस्थित कमर्स क्पाम्पसबाट निस्किएका संघका विद्यार्थीले बिहीबार बिहान संघीय संसद भवन अगाडि प्रदर्शन गरेका हुन् । कोरोना कोभिड -१९ महामा री विरुद्ध सिंगो मुलुक एकताबद्ध भएर ल ड्नु पर्ने बेलामा सरकारले राष्ट्रिय एकता कमजोर पार्ने गरी ल्याएको राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेजीको माग गर्र्दै प्रदर्शन गरिएको पूर्वअध्यक्ष कर्णले बताए । उनले लोकतन्त्र मास्ने नियोजित चालबाजीस्वरुप अध्यादेश आएको आ रोप लगाए । लोकतन्त्रदिवसका दिन बिहीबार बिहान कांग्रेस कार्यकर्ताले सरकारको विरोधमा प्र द र्शन गरेका हुन्। पूर्वसांसद रञ्जित कर्णले सामाजिक दूरी कायम गरेर नयाँ बानेश्वरमा वि रोध प्र द र्शन गरिएको जनाएका छन् । अध्यादेश फिर्ता लिन माग गर्दै प्रद र्शन गरिएको नेपाल विद्यार्थी संघका नेता भुवन भट्टले जानकारी दिए।सरकारले सोमबार दल विभाजनलाई खुकुलो बनाउने गरी राजनीतिक दल विभाजन सम्बन्धी र प्रमुख प्रतिपक्षी दलको नेता बिना नै संवैधानिक परिषद् बैठक सञ्चालनसम्बन्धी दुई वटा अध्यादेश ल्याएका थिए। प्रमुख प्रतिपक्षी दल कांग्रेसहितका संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै विपक्षी दलहरुको बुधबार बसेको बैठकले अध्यादेशको वि रो ध गर्दै फिर्ता लिन सरकारसँग माग गरेका थिए। उनीहरुले लकडाउनसम्म अध्यादेशको विरुद्धमा जनमत बनाउने र त्यसपछि सडक आन्दोलन गर्ने निर्णय गरेका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...