पोखरामा एनसेल कार्यालय अगाडी भेटिएको बम डिस्पोस ।

राजनीति

पोखरामा एनसेल कार्यालय अगाडी भेटिएको बम डिस्पोस ।
मे २७ पोखरा :-पोखराको सिर्जनाचोक स्थित एनसेल अफिस नजिकै भेटिएको कुकर बम डिस्पोज गरिएको छ । एनसेल अफिस अगाडि फेला परेका बमलाई प्रहरीले राति देखिनै सुरक्षा दिएर बसेको थियो । पोखराकै नयाँबजार र न्यूरोडको मध्य भागमा रहेको इनोभेटिभ डेभलपमेन्ट एजुकेसन एकेडेमीको गेटमा झन्डा सहित शंकास्पद वस्तु फेला परेको छ । उक्त स्थानमा बम डिस्पोजल सामग्रीसहित सुरक्षकर्मी पुगेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका नागडाँडामा समेत शंकास्पद वस्तु फेला परेको र सेनाको टोली डिस्पोजका लागि पुग्दै गरेको प्रहरीले जनाएको छ । भूपी शेरचन राजमार्ग खण्डमा पर्ने उक्त ठाउँमा कालो टेपले बेरेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूह नेकपाले सोमबार आह्वान गरेको बन्दका कारण पोखराको बाहिरी जनजीवन प्रभावित बनेको छ । सवारी चल्न सकेका छैनन् । सोमबार बिहानदेखि पोखराका अन्य ठाउँमा समेत शकांस्पद वस्तु फेला परिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । जिल्लाकै शान्ति सुरक्षाका लागि दोब्बर मात्रामा प्रहरी परिचालन गरिरहेको प्रहरी प्रवक्ता गुरुङले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...