माधव नेपाललाई कालो झन्डा ,प्रचण्डलाई स्वागत माओबादी पार्टी प्रवेशको लहर बढ्दो ।

राजनीति

माधव नेपाललाई कालो झन्डा ,प्रचण्डलाई स्वागत माओबादी  पार्टी प्रवेशको लहर बढ्दो ।
अगस्ट ३० जनकपुर् :- चुनाव प्रचारका लागि प्रदेश न २ को जनकपुर पुगेका एमाले नेता माधव नेपालमाथि ढुङ्गामुढा प्रहार गरिएको छ । नेपाल हिजो   जनकपुर पुगेका थिए ।स्थानीय जनताले नेपालको आगमनको विरोध गर्दै एमाले पार्टी कार्यालय अगाड़ि प्रदर्शन गरेका  थिए ।नेकपा एमाले मधेसविरोधी भएकोले नेता नेपाललाई मधेश छिर्ने कुनै अधिकार नभएको प्रदर्शनकारीले बताएका छन । संविधान संशोधन प्रस्तावको विरोधमा एमालेले मतदान गरेपछि कतीपय स्थानमा एमाले निषेधको होर्डिंग बोर्ड समेत राखिएको छ । prachanda-3-1

उता माओवादी केन्द्रले भने प्रदेश नं.२ को चुनावी रणनीति बनाउन आज जनकपुरमा नै सचिवालय बैठक सम्पन्न गरेको छ ।माओवादी केन्द्रका नेताहरू र अध्यक्ष प्रचण्डको भने स्थानीयले स्वागत गरेका छन । आज बिहानमात्रै दर्जनौ स्थानीयहरूले प्रचण्डसँग मधेशका समस्याबारे छलफल गरेको प्रचण्ड सचिवालयले जनाएको छ ।यसअघि पनि नेकपा एमालेको मेची–महाकाली जागरण अभियानका क्रममा मधेसमा आयोजना गरिएको आमसभापछि झड्प भएको थियो । जसमा केहीको मृत्यु र दर्जनौ व्यक्ति घाइते भएका थिए । मधेशमा अहिले माओबादीमा प्रवेश गर्नेहरुको लहरनै चलेको छ ।नया शक्ति पार्टीका केन्द्रिय नेता देखि विभिन्न पार्टीका नेताहरु माओबादी पार्टीमा प्रवेश गरेका छन् । जनकपुरमा आयोजित एक बृहत कार्यक्रमका बीच नवआगन्तुक नेता—कार्यकर्तालाई अध्यक्ष प्रचण्डले माओवादी केन्द्रमा प्रवेश गराउनु भएको छ ।

त्यसपछि एमालेले केही दिन आफ्नो कार्यक्रम स्थगित गरेको थियो । मधेसी दलले उठाउदै आएको संविधान संशोधनको विषयमा एमाले र अध्यक्ष केपी ओलीको असहयोगका कारण संसदबाट विधेयक अस्वीकृत भएको उनीहरुको आरोप छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...