कास्की क्षेत्र नम्बर २ मा भएको उप निर्बाचनको नतिजा भोली सम्म आउने ,६५ प्रतिशत मतदान भएको अनुमान ।

राजनीति

कास्की क्षेत्र नम्बर २ मा भएको उप निर्बाचनको नतिजा भोली सम्म आउने ,६५ प्रतिशत मतदान भएको अनुमान ।
नोभेम्बर ३० पोखरा :-  कास्की क्षेत्र नम्बर २ मा आज भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा करिब ६५ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयले ६५ प्रतिशत हाराहारीमा मतदान भएको जानकारी दिँदै दुई घण्टाभित्रमा एकिन तथ्याङ्क सार्वजनिक गर्ने जनाएको छ। मतदान बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म जारी थियो । आज रातीबाट नै मतगणना शुरु गर्ने तयारी गरिएको छ । कास्कीमा ७१ हजार ८ सय ७१ मतदाता रहेका थिए । मतदान सम्पन्न भएर मतपेटिका सङ्कलन भएपछि आज रातीबाटनै मतगणना शुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत रामचन्द्र उपाध्यायले बताए ।बेलुका ७ बजेसम्म ८२ वटै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि सर्वदलीय बैठक आह्वान गरेर दलीय सहमति कायम भएको खण्डमा आजनै गणना शुरु गर्ने सम्पूर्ण तयारी गरिएको उनको छ । सबैभन्दा टाढाको मतदानस्थल वडा नं २० को मौजाबाट समेत दुई घण्टाभित्रमा मतपेटिका गणनास्थल आइपुग्ने विश्वास गरिएको छ । मतगणनास्थलको सुरक्षाका लागि दुई वटा सिसी क्यामेरा जडान गरिएको छ भने बाहिरबाट तार जालीले घेरिएको छ । दुई स्थानबाट गणना शुरु गर्ने कार्यालयले योजना बनाएको छ । दलको तर्फबाट उम्मेदवार बनेकाहरुका दुई जना र स्वतन्त्र उम्मेदवारका एक जना प्रतिनिधिमात्र गणनास्थलमा रहन पाउनेछन् । उपनिर्वाचनमा राजनीतिक दल तथा स्वतन्त्र ११ गरी २१ उम्मेदवार चुनावी मैदानमा छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...