इजरायलमा २५ औ विश्व आदिबासी दिवस भब्य रुपले सम्पन्न ,नेपाली राजदुताबासको अनुपस्थिती ।
जनजाती बिशेस
विस्वका आदिबासी एक हौ आफ्नो भेषभुषा ,भाषा, लिपी, कला र संस्कृती सरक्षण तथा सम्बर्धन गरौ 'भन्ने नारा सहित मनाएको उक्त कार्यक्रममा नेपालमा चलीरहेको आरक्षण बचाऊ आन्दोलनलाई समर्थन गर्दै ,शान्ती पूर्ण आन्दोलनमा लाठी चार्ज र गिरफ्तारीको बिरुद्धमा कालो पट्टि बाँधेका थिए ।सभापती ,प्रमुख अतिथी तथा बिशेष अतिथीले संयुक्त रुपमा दिप प्रज्वलन गर्दै शुरु भएको कार्यक्रममा कार्यक्रमका संयोजक तथा नेपाल आदिबासी महासंघ इजरायलका उपाध्यक्ष पेम्बा डोल्मा ह्योल्मोको स्वागत मन्तब्य दिनु हुँदै नेपाली राजदुताबासबाट प्राप्त शुभकामना मन्तब्य बाचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल आदिबासी महासंघका केन्द्रिय उपाध्यक्ष तथा विदेश बिभाग प्रमुख गोविन्द छन्त्यालले सामाजिक न्याय प्राप्तिका लागि गरिएको शान्तिपूर्ण आन्दोलनमाथि राज्यले दमन गरिरहे उत्पीडित समुदायको आन्दोलन राज्य र सरकारका लागि महंगो पर्ने चेतावनी दिंदै जनजातीहरुको स्थिती ,भावी योजना तथा नेपालमा चलिरहेको आरक्षण बचाऊ आन्दोलनबारे बोल्नु भएको थियो ,भने बिशेष अतिथी NRNICC इजरायलका अध्यक्ष शान्त ज्ञवाली,पूर्व अध्यक्षहरु तथा सरक्षण परिषद सदस्यहरु डोमा शेर्पा र निर्मला गुरुङले शुभकामना मन्तब्य दिएका थिए ।
मन्तब्य राख्ने क्रममा बक्ताहरुले नेपाली राजदुताबासको भेदभाव पूर्ण ब्यबहारको निन्दा गरेका थिए ।आदिबासी जनजातीहरुको कार्यक्रममा उपस्थित नहुने नेपाल राजदुताबास आदिबासीहरुसंग गैर नेपालीको जस्तो व्यवहार गरेकोमा दुख ब्यक्त गरे ।कार्यक्रममा विभिन्न जातिय पहिचान झल्किने संस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।कार्यक्रममा भाग्यशाली चिट्ठा पनि खोलिएको थियो ।कार्यक्रमको अन्त्यमा सभापती तथा आदिबासी जनाजाती महसघ इजरायलका अध्यक्ष तारा काउचा मगरले देश बिदेशमा रहने हुने सम्पुर्णलाई २५ बिस्व आदिबासी दिवसको उपलक्क्ष्यमा शुभकामना दिनु हुँदै ,प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने तथा कार्यक्रममा उपस्थित हुनु हुने सबैलाई धन्यवाद दिनु हुँदै समापन गर्नु भएको थियो ।कार्यक्रम पुर्व महासंघमा अबद्दा जातिया संघ सस्थाहरुले विभिन्न ,बाजा गाजा झाँकी र र्याली सहित कार्यक्रम स्थलमा प्रवेश गरेका थिए ।
अगस्ट ९ का दिन बिस्व आदिबासी दिवस मनाउनु पर्ने भए पनि इजरायलको कामलाई मध्य नजर गर्दै १६ अगस्ट २०१९ का दिन मनाउनु परेको आयोजकले जनाएको छ ।कार्यक्रम संघका महासचिव खुसी घले र छ्योम्बा शेर्पाले संचालन गरेका थिए ।

