इजरायल स्थित चिनियाँ राजदुत दु वेइ हर्जेलिया स्थित आवास गृहमा मृत भेटिए।

विदेश

इजरायल स्थित चिनियाँ राजदुत दु वेइ हर्जेलिया स्थित आवास गृहमा मृत भेटिए।
मे १७ तेल अभिव :- इजरायल स्थित चिनियाँ राजदूत दु वेइ राजधानी तेल अभिभको हेर्जलिया उपनगरमा रहेको आफ्नै आवासगृहमा मृत अवस्थामा भेटिएको छ। उनी ५८ वर्षका थिए। उनी आफ्नै ओछ्यानमा मृत भेटिएको तर मृत्युको कारण नखुलेको बताइएको छ।युक्रेनमा चिनियाँ दूतको रूपमा काम गरेका उनी गत फेब्रुअरी महिनामा राजदूत नियुक्त भएका थिए। उनी विवाहित थिए र उनका एकजना छोरा पनि छन्। तर उनको परिवार इजरयलामा नरहेको ठानिएको छ।चीनले भने उनको मृत्युको पुष्टि गरेको छैन।इजरयलका प्रहरीका एकजना प्रवक्ताले समाचार संस्था रोयटर्सलाई भने, "नियमित प्रक्रियाअनुसार प्रहरी टोली घटनास्थलमा छन्।"इजरायलको च्यानल १२ टीभीले नाम नखुलाइएको सूत्रलाई उद्धृत गर्दै उनको मृत्यु प्राकृतिक कारणहरूले गर्दा भएको प्रारम्भिक सङ्केतले देखाएको उल्लेख गरेको छ। उनको नियुक्ति लगत्तै राजदूतावासको वेबसाइटमा सार्वजनिक गरिएको सन्देशमा राजदूत दुले 'विश्वकै दोस्रो ठूलो अर्थतन्त्र र इजरेलबीचको सम्बन्धको' प्रशंसा गरेका थिए।शुक्रवार उनको राजदूतावासले इजरेल भ्रमणमा रहेको बेला कोरोनाभाइरसको महामारीविरुद्ध चिनियाँ कदमको आलोचना गरेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओमाथि कडा प्रहार गरेको थियो। ynet

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...