गुरुङ (तमु )हरुले आफ्नो मौलिक धर्म आफै सखाप पारे।

मूलबासि /भूमिपुत्र

गुरुङ (तमु )हरुले आफ्नो मौलिक धर्म आफै सखाप पारे।
जुलाई ८ पोखरा :-नेपाल बहुधार्मिक देश हो । विश्वमा एकमात्र हिन्दु राष्ट्र भएको विगतको धार्मिक इतिहास बोकेकोे नेपालमा हिन्दु धर्मको बाहुल्यता रह‘दै आएको भए तापनि बौद्ध धर्म, इस्लाम धर्म, क्रिश्चियन धर्म र जैन धर्म पनि सँगसँगै समानन्तर रुपमा फष्टाउदै आएको २०४८ भन्दा अघि पछिका जनगणनाका प्रतिवेदनहरुले बोल्दै आएको तालिका १ को तथ्याङ्कबाट स्पष्ट छ । तर किरात धर्म २०४८ सालको जनगणना, बहाई धर्म र सिख धर्म २०५८ सालको जनगणना त्यसैगरी प्रकृति धर्म र बोन धर्म केवल २०६८ सालको जनगणनाबाट मात्र बल्ल अस्तित्वमा आएको तथ्य पनि तल दिएको तालिका १ ले नै बोलेको छ ।अब चासोको विषय के भने २०६८ सालभन्दा अघि गुरुङहरु कहॉ थिए, के गर्दै थिए ? आफ्नो कुलधर्मप्रति त्यति सारो वेपरवाह र गैरजिम्मेवार किन भए ? साठीको दशकमा मात्र आएर एक्कासी उनीहरुमा धार्मिक चेतना कसरी पलायो ? त्यसबीच गुरुङ धार्मिक संस्थाहरु धार्मिक चासो लिन किन चुके ? भन्ने जस्ता थुप्रै प्रस्नहरुको तहसम्म पुग्नैपर्ने आवश्यकताले यो मुद्दा उठाउनु परेको हो । तालिका १ : जनसंख्याको तीन वर्षीय तुलनात्मक विवरण । साभार : केन्द्रीय तथ्याङ्क विभाग । बीस वर्ष के गरे गुरुङहरुले ? : २०४६ सालको जनआन्दोलन लगतै सम्पन्न २०४८ सालको जनगणनादेखि नैे आफ्नो धर्म संरक्षण गर्न चासो देखाउदै आएका किरातहरुले २०६८ सालको जनगणनासम्म आइपुग्दा आफ्नो किरात धर्मलाई राष्ट्रिय अभिलेखमा चौथो श्रेणीमा उभ्याउन सफल भए जुन नेपालको कुल जनसंख्याको ३.१% र उनीहरुको आफ्नै कुल जनसंख्याको ८०% हुन आउ‘छ । यस्को अर्थ उनीहरुको आफ्नै कुल जनसंख्यामध्ये २०% किरातहरुमात्र आफ्नो कुलधर्मविरुद्ध उभेका छन् भन्नु हो । त्यसैगरी किरातहरुभन्दा बीस वर्षपछाडी मात्र साठीको दशकमा आएर बल्ल आफ्नो धार्मिक पहिचान खोज्ने कार्यमा जूटेका केही गुरुङहरुको प्रयासलाई माथि तालिका १. मा उल्लेख जनसंख्याको तीन वर्षीय तुलनात्मक अध्ययन विवरणमा उल्लेख कुल जनसंख्याको ०.०५% र उनीहरुको आफ्नै कुल जनसंख्याको ३% तथ्यांकले पुष्टि गरेका छन् । यस्को अर्थ उनीहरुको आफ्नै कुल जनसंख्याको ९७% गुरुङहरु अझै आफ्नै कुलधर्मविरुद्ध उभेका छन् भन्ने हो । त्यसरी किरात र गुरुङ यी दुई मुख्य आदिवासी जनजातिले आफ्नो कुलधर्मप्रति राख्ने दृष्टिकोण हेर्दा प्रत्येक किरातलाई आफ्नो किरात धर्मको महत्व र त्यस्को औचित्य सम्झाउन उनीहरुले खर्च गरेको बीस वर्ष गुरुङहरुले आफ्नो कुलधर्मविपरित नै उभिन खर्चेको होइन भन्ने आशंका नगर्ने ठाउँ नै कतै भेटिन्न ।

बोनधर्मको स्थिति :

तल तालिका नं २ मा दिएको बोनधर्म मान्ने र नमान्ने गुरुङहरुको क्षेत्रगत विवरणले नेपालको पॉचै क्षेत्रमा बोनधर्म मान्नेभन्दा नमान्ने गुरुङहरुको बाहुल्यता रहँदै आएकोे तथ्य बोलेका छन् । आफ्नै कुलधर्मप्रति असहमति जनाई विकर्षण देखाउने र आफ्नै गुरुङ इतिहास बोकेको मौखिक धर्मग्रन्थ प्ये ताँ ल्हु ताँमा अनास्था जनाउने पहिलो जाति नेपालमा शायद गुरुङ जाति नै हुनु पर्दछ भन्ने तथ्यबोध उक्त विवरणले गराएका छन् । आफ्नै कुलधर्मको यो दुर्दशा हुनुपछाडी निष्कृयता, अनिच्छा, बेवास्ता, अकर्मण्यता, अरुचि, गैरजिम्मेवारीपन, अबोधताजस्ता गुरुङहरुको आचरण(आइबहादुर ल्हेगे तमु) त त्यसै जिम्मेवार छ‘दै छ त्यसमाथि हाम्रा खेगीहरु, पैंडीहरु, चोंगीहरु लगायत धार्मिक तथा सामाजिक अभियन्ता तथा धार्मिक संस्थाहरुमा कुलधर्मको महत्व र औचित्यको फॉटवारी गतिलो ढंगले लगाउने विज्ञताको अभाव हुनु पनि यस्को यस्तो दुर्गति हुनुको प्रमुख कारणमध्ये एक हुन् भन्न करलागी

तालिका २ : जनगणना २०६८को बोनधर्म मान्ने र नमान्ने गुरुङहरुको क्षेत्रगत विवरण । साभार : केन्द्रीय तथ्याङ्क विभाग । यो धार्मिक परिवर्तन नभई के हो ? : - नेपाल एउटा धर्मनिरपेक्ष राष्ट्र हो । यहॉका प्रत्येक नागरिकलाई आफ्नो धर्म चुन्ने र मान्ने संवैधानिक हक प्राप्त छ स‘गस‘गै धर्म चुन्दा या मान्दा बाउबाजेको पालादेखि चली आएको सनातन धर्म या कुलधर्म भने कसैले पनि परिवर्तन गर्न या गराउन पाइदैन भनी यसलाई नेपालको संविधानले संरक्षण गरेको छ । २०५८ सालको जनगणनासम्म आइपुग्दा गुरुङहरुले पूर्ण रुपले आफ्नो कुलधर्म नै परिवर्तन गरी नेपालको संविधानको घेराभन्दा बाहिर जाने काम गरेको माथि तालिका १ मा उल्लेख तथ्याङ्कबाट प्रत्यक्ष देखिन्छ । २०६८ को जनगणनामा के ठानेर हो कुन्नि केही गुरुङहरुले पुनः आफ्नै पुरानो धर्म बोनधर्म अपनाउन उचित माने जसले गर्दा अघिल्लो पुस्ताका गुरुङहरुको त्यस कदमले पछिल्लो पुस्ताका गुरुङ एवं गुरुङ युवा पुस्तालाई केही हौस्याए÷हौंस्याएका छन् । तर तिनीहरुले पछिल्लो गुरुङ पुस्तालाई दिएर गएको धार्मिक पहिचान अघिल्लो किरात पुस्ताले पछिल्लो किरात पुस्तालाई दिएर गएको बलियो धार्मिक पहिचान जति बलियो एवं संतोषजनक भने किमार्थ नभएकोे स्पष्टै छ(तालिका १ हेर्नु होस) । जनगणनामा गुरुङ युवा पुस्ताको चासो :- अघिल्लो गुरुङ पुस्ताले विगतका जनगणनाहरुमा गरेका भूलहरुलाई यस पालीको जनगणनामा पुनरावृत्ति हुन नदिन गुरुङ युवा पुस्ता एकदमै सजग रहेका छन् । त्यसर्थ ‘साहित्य, संगीत, कलाविहीन, ज्ञानं न शीर्ल न गुणो न धर्म, ते मत्र्यलोके भूमिभारभूत मनुष्य रुपेण मृगाश्चरन्ति’ अर्थात साहित्य, संगीत, कला, ज्ञान, शील–स्वभाव, गुण तथा आफ्नो कुलधर्मबिनाको मानिस पृथ्वीको लागि चरेर हिड्ने पशुजस्तै काम नलाग्ने भार समान हुन्छन् भनी नीतिशास्त्रमा भनेका कुलधर्मबिनाको गुरुङ पशुजस्तै अर्थबिनाको मानिस हुने कुराबाट तिनीहरु ज्यादै प्रभावित देखिन थालेका छन् त्यसैले हुनु पर्दछ जनगणना भनेको विगतका त्रुटिहरु सच्याउने एउटा मौका हो भन्दै यस्को लाभ उठाएर युवा पुस्ता परिवर्तनका संवाहक हुन् भन्ने कुरा स्थापित गर्ने चेष्टामा दत्तचित्त भएर लागेको तिनीहरु देखिन थालेका छन् । जूम अन्तरक्रियात्मक मिटिङ्ग र तमु प्ये ल्हु संघ :- आदिवासी जनजाति महासंघ, संघीय परिषद सचिवालयले भावी जनगणना–२०७८ मा आदिवासी जनजातिको सवाल जाति, भाषा र धर्म त्यसैगरी तमुस्यो ह््यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद काठमाडौं तथा नेपाल तमु(गुरुङ) विद्यार्थी छोज धीं केन्द्रीय समिति काठमाडौंले पनि संयुक्त रुपमा राष्ट्रिय जनगणना–२०७८ र तमुहरुको सरोकार विषयक भर्चुअल अन्तरक्रियात्मक संवाद क्रमशः २०७७ आषाढ ९ गते तदनुरुप जून २३, २०२० मङ्गलबारका दिन र २०७७ आषाढ १७ गते तदनुरुप जुलाई ०१, २०२० बुधबारका दिन आयोजना गरेका थिए । पहिलो संवादमा केन्द्रीय तथ्याङ्क विभाग, जनसंख्या शाखाका प्रमुख निर्देशक श्री ढुण्डीराज लामिछाने तथा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय जनसंख्या विभागका प्राध्यापक तथा जनसंख्याविज्ञ प्रा.डा.योगेन्द्र गुरुङ र दोस्रो संवादमा केवल प्रा.डा.योगेन्द्र गुरुङ मात्र श्रोत–व्यक्ति रहेका थिए । पहिलो दिनको जूम संवादका श्रोत–व्यक्ति निर्देशक श्री ढुण्डीराज लामिछानेले दिएको जानकारीअनुसार गुरुङ संघ–संस्थाबाहेक थुप्रै आदिवासी जनजाति संघ–संस्थाहरुबाट जनगणना सम्बन्धमा आ–आफ्नो लिखित तथा मौखिक धारणा केन्द्रीय तथ्याङ्क विभागलाई प्राप्त भएको भन्ने थियो भने दोस्रो संवादका श्रोत–व्यक्ति प्रा.डा.योगेन्द्र गुरुङले जनगणनालाई देशको पहिचान, राजनीतिको आधार, विकासको आधार, जनताको पहिचान, प्रजातन्त्रको आधार र समृद्धिको आधार बताउँदै जात–जातिको सवाल, भाषाको सवाल तथा धर्मको सवाल उठाउँदै गुरुङहरु ३ हजार वर्षअघि नेपाल प्रवेश गर्दा बौद्धधर्मको प्रादुर्भाव भई नसकेकोले गुरुङहरुको कुलधर्म बोनधर्म र प्रकृति धर्मभन्दा अर्को हुन नसक्ने ठोकुवा गरेका थिए । पहिलो संवादका दिन संयोगले तमु प्ये ल्हु संघ, केन्द्रीय समितिको त्रैमासिक बैठक पनि थियो । त्यस जूम संवादको विषय अहिलेको सन्दर्भमा महत्वपूर्ण भएकोले तमु प्ये ल्हु संघ, केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु सबैलाई चालु अवस्थामा रहेको बैठकमै जानकारी गराइएको थियो तर केन्द्रीय सदस्य श्री तिलक न्हान्सी गुरुङबाहेक कसैले पनि त्यस संवादमा चासो लिएको जानकारी पाइएन न त त्यस दिनको केन्द्रीय बैठकमा जनगणनाले प्रस्तावको स्वरुप नै ग्रहण गर्न सक्यो । त्यसैगरी दोस्रो संवादका दिन पनि तमु प्ये ल्हु संघका केन्द्रीय सदस्य तिलक न्हान्सी तमुको सकृयताबाहेक त्यस संघका पदाधिकारीहरुको सहभागिता शून्य नै रह््यो । उपसंहार : - भावी जनगणनामा आदिवासी जनजाति र गुरुङहरुको कस्तो सरोकार रहने भन्ने विषयमा जूम अन्तरक्रियात्मक संवाद जस्तो संदेशमूलक संवाद आयोजना गरेर जनगणना किन आवश्यक छ र केका लागि गरिन्छ ? भन्ने सन्देश विश्वका सरोकार पक्षसमक्ष पु¥्याउने काम विभिन्न सामाजिक संघ संस्थाहरुले गरीसक्दा पनि अहिलेका गुरुङ पुस्ता र गुरुङ धार्मिक संस्थाहरुले कुलधर्मको यस्तो कमजोर अवस्था किन भयो ? भन्ने सम्बन्धमा उहिलेका पुरानो गुरुङ पुस्ता तथा त्यस बेलाका गुरुङ धार्मिक संघ संस्थाहरुलाई दोष दिने काम गर्नुबाहेक आजको दिनसम्म कुनै समिक्षा समेत नगर्नु, गर्न नसक्नु या नगरी बस्नुलाई के भन्ने ? गम्भीर प्रस्न हो । त्यस्तो परिस्थितिमा तालिका १. को तथ्याङ्कले जे सुकै बोले पनि कुलधर्म मान्ने गुरुङहरुको संख्या बाहिर मनग्य रहेको स्थिति रहे तापनि उनीहरुलाई समेटन गरिनुपर्ने हाम्रो कमजोर गृहकार्य एवं तयारीको कारण आफ्नो धार्मिक पहिचान गुमाएर गौणावस्थामा बस्ने अवस्था खडा नभई के हुन्छ ? र हाम्रो कुलधर्म सखाप नभएर कस्को हुन्छ ? ठूलो चुनौतिको विषय बनेको छ । यो चुनौति सामना गर्न केवल गुरुङ युवा पुस्ताले लिएको चासो र तिनीहरुको जोश, जाँगर मात्रै पर्याप्त हुँदैन सामुहिक एकताको पनि त्यत्तिकै आवश्यकता पर्दछ भन्ने कुरा मनन चिन्तन गर्ने माहोल समेत तयार भएन । त्यसैले त्यस कार्यको लागि सबै गुरुङ तप्का सबै गुरुङ संघ संस्था आ–आफ्नो ठाऊँबाट परिचालित हुनु जरुरी छ भनिएको हो । अतः अर्काको पहिचानभित्र बाँच्नुभन्दा आफ्नै पहिचानमुनि बाँच्ने प्रयत्न गर्नु नै सम्पूर्ण गुरुङ तथा गुरुङ समुदायको आजको आवश्यकता हो । त्यसर्थ गुरुङ तथा गुरुङ समुदायको यो लक्ष्य प्राप्तिको लागि हामीसँग भएका सँस्कृतविद, जनसंख्याविद, मानवशास्त्री, समाजशास्त्री, खेगी, चोंगी, पैडी सबैको विज्ञताको उचित एवं अहिलेको विज्ञान तथा प्रविधिको सही प्रयोग गरेर गाउँ–गाउँ, टोल–टोल, बस्ती–बस्ती, नगर–नगर, हिमाल, पहाड, तराई, प्रदेश, जिल्ला, क्षेत्रका सबै गुरुङहरुसमक्ष उभी जनगणनाको महत्व र औचित्य सम्झाउने प्रयत्न गरौं त्यसैगरी भावी जनगणनामा जातिमा गुरुङ, पुख्र्यौली भाषा र मातृभाषामा गुरुङ भाषा र धर्ममा बोनधर्म लेखौं र लेख्न लगाऔंं । यही नै हाम्रो जाति, भाषा र कुलधर्मप्रति न्याय गरेको ठहर्ने छ । अनि बल्ल गुरुङहरुविरुद्ध तेर्सीदै आएको अभियोग सोजिने उपाय हात लाग्ने छन् ।   लेखक :-पूर्वआइजीपी हेमबहादुर त्होजें तमु,

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading ... Loading ...