गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङलाई कारबाहीको माग गर्दै तमु धीं नेपालले प्रेस बिज्ञप्ती जारी ।

समाज

गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङलाई कारबाहीको माग गर्दै तमु धीं नेपालले प्रेस बिज्ञप्ती जारी ।
जनवरी २३ पोखरा :-तमु धीं नेपाल पोखराले गण्डकी प्रदेश सदस्य माननीय राजिव गुरुङ(दिपक मनाङ्गे )लाई प्रेस विज्ञप्ति मार्फत कडा कारबाहीको माग गरेको छ ।तमु धीं नेपालका कार्यबाहक अध्यक्ष हुम बहादुर गुरुङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिद्वारा सर्वसत्तावाद, धनवाद, गनवाद, डनवादको अन्त्यका लागि माग गर्दै दोषीलाई कानुन बमोजिम कारवाहीका लागि तमु धिं नेपाल पुनःजोडदार माग गरिएको उल्लेख गरिएको छ । पहिलो पटक हुन गईरहेको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रमको क्रममा एन्फा कास्कीका अध्यक्ष समेत रहनु भएका तमु धि नेपालका आजिवन सदस्य तथा फुलवारी तमु समाजका अध्यक्ष तिलबहादुर गुरुङका छोरा मिलन गुरुङमाथि कुटपिट घटनाप्रति तमु धिं नेपालको ध्यानाकर्षण भएकोछ । कानुन बनाउने जिम्मेवार गण्डकी प्रदेसका सभा सदस्य माननीय राजिव गुरुङले कानुन हातमा लिदै गुरुङमाथि कुटपिटमा उत्रनु खेदजनक छ। आजिवन सदस्य मिलन गुरुङलाई कुटपिट मात्रै होइन त्यसपछि माननीय गुरुङले विभिन्न संचारमाध्यमहरुमा मात्र नभई पत्रकार सम्मेलन समेत गरी विधिको शासन तथा कानुनी राज्यको खिल्ली उडाउदै धाकधम्की दिनु झन आपत्तिजनक छ। तमु धिं नेपालको क्षेत्रीय समाज फुलवारी तमु समाजका अध्यक्ष तिलबहादुर गुरुङको छोरा तथा तमु धिं नेपालका आजिवन सदस्य मिलन गुरुङलाई हातपात, कुटपिट गर्ने, धाक धम्की दिने माननीय राजीव गुरुङ(दिपक मनाङे)लाई कानुनी कारवाही गर्न माग गर्दछौं। जो रक्षक उही भक्षक जस्तो बनेका माननीय राजिव गुरुङले कानुनी राज मान्छन कि मान्दैनन् ? उहाँ माननीय हो कि कानुन हातमा लिएर थप्पड हान्ने हाननीय बन्नुभएको हो प्रश्न उब्जिएको छ। सांसद राजिव गुरुङ हुन कि विगतकै दिपक मनाङे ? यस घटनासँगसँगैको धाक धम्कीहरुबाट जनता त्रसित हुनुपरेको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रेस विज्ञप्ति:-

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...