एसईई परिक्षा जेष्ठको अन्तिम साता गर्न कार्यदलको सिफारिस ।

अन्य

एसईई परिक्षा जेष्ठको अन्तिम साता गर्न कार्यदलको सिफारिस ।
एप्रिल ३० काठमाडौँ :-बिस्व ब्यापी रुपमा कोरोना संक्रमण बढे पछी स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले जेठ अन्तिम साता परीक्षा गर्न सिफारिस गरेको हो । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ ।एसईई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुनेछन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...