अर्घाखाँचीमा बस दुर्घटना २ जनाको मृत्यु ।

अन्य

अक्टुबर ६ काठमाडौँ :-अर्घाखाँचीको मालारानी गाउँपालिका– २ सापडाँडामा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ अन्य ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको स्थानीयवासी टंक खनालले बताउनुभयो । घाइतेहरुको उद्दार कार्य जारी रहेको र उनीहरुको उपचारका लागि सन्धिखर्क, तम्घास पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो ।

accd

मालारानी गाउँपालिकाको अर्घातोष डाँडाकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्बरको बस मालारानी– २ सापडाँडामा सडकदेखि १०० मिटर तल खसेपछि दुर्घटना भएको हो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...