प्रहरी अधिकृतले रक्सीले मातेर सर्बसाधारण कुटे ।

अन्य

प्रहरी अधिकृतले रक्सीले मातेर सर्बसाधारण कुटे ।

अक्टुबर १५ कावासोती :- नवलपरासीको दुम्कीबासमा प्रहरीले मदिरा सेवन गरेर सर्वसाधरणलाई कुटपिट गरेको भन्दै स्थानीय वासिन्दाले विरोध प्रदर्शन गरेका छन ।इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) मोहनमान श्रेष्ठले गस्तीमा मदिरा सेवन गरेर निर्दोष नागरिकलाई कुटेको उनीहरुको आरोप छ । स्थानीयले शनिबार राती २ घण्टा इलाका प्रहरी कार्यालय दुम्कीबासमा नाराबाजी गरेका हुन्।

प्रहरी निरीक्षक श्रेष्ठले शनिबार दिउँसो देखिनै मदिरा सेवन गरी सर्वसाधारणलाई धम्क्याउने र कुट्ने गरेका थिए। स्थानीयका अनुसार प्रहरी निरीक्षक श्रेष्ठको कुटाईबाट दुर्इ जना घाइते भएकाे एक स्थानीयवासीले बताए।शनिबार राति स्थानीयले प्रहरी कार्यालय घेराउ गरेपछि इलाका प्रहरी कार्यालय कावासोतीका प्रमुख डिएसपी नवीनराज राईको कमाण्डमा गएको टोलीले स्थानीयको भीडलाई नियन्त्रणमा लिएको थियो।

डिएसपी राईले तत्काल नै प्रहरी निरीक्षक मोहनमान श्रेष्ठलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराएका थिए। स्वास्थ्य परीक्षण गर्दा श्रेष्ठले मदिरा सेवा गरेको भेटिएको डिएसपी राईले बताए।जिल्ला प्रहरी प्रमुख मुकुन्दराज आचार्यले अनुसन्धान गरी तत्काल इन्सपेक्टर मोहनमान श्रेष्ठलाई कारबाही गरिने बताए।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...