भारतले नेपालको भुमी आफ्नो दावी गर्दै नक्सा सार्वजनिक गरे पछि मधेश केन्द्रित दलहरु मौन ।

राजनीति

भारतले नेपालको भुमी आफ्नो दावी गर्दै नक्सा सार्वजनिक गरे पछि मधेश केन्द्रित दलहरु मौन ।
नोबेम्बर ९ काठमाडौँ :-भारतले नेपालको भूमि आफ्नो दावी गर्दै नक्सा सार्वजनिक गरेपछि मधेस केन्द्रित दल राजपा र समाजवादी पार्टी मौन छन्। मधेस केन्द्रित दलले अहिलेसम्म व्यक्तिगत वा पार्टीको कुनै धारणा सार्वजनिक गरेका छैनन्। नेपालको संविधान प्रति असन्तुष्टि जनाउँदै भारतले ६ महिना लामो नाकाबन्दी लगाउँदा उक्त नाकाबन्दी आफूले लगाएको दाबी गरेका मधेस केन्द्रित दलले भारतले नेपाली भूमिलाईसमेत समेटेर जारी गरेको नयाँ नक्साप्रति कुनै प्रतिक्रिया नजनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नोभेम्बर २ मा भारतको नक्सा जारी भएपछि अन्य दल र नेताहरुले सार्वजजिनक रुपमा प्रतिक्रिया दिएका छन्। सरकारले भारतले जारी गरेको नक्शा अस्वीकार्य हुने जनाइसकेको छ भने प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले उक्त नक्शा सच्याउन भारतीय राजदूत मंजिव सिंह पुरीलाई आग्रह गरिसकेका छन्। रा स स

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...