निगम जग्गा घोटालामा मुछिएका पुर्व कार्यकारी निर्देशकद्वारा राजिनामा |

अन्य

निगम जग्गा घोटालामा मुछिएका पुर्व कार्यकारी निर्देशकद्वारा राजिनामा |
जुन ७ काठमाडौँ :-जग्गा खरिदको घोटालामा तानिएका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजिनामा दिएका छन् । उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयमा उनले बिहिबार राजिनामापत्र बुझाएका हुन् । ईन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेका खड्कालाई निगममै राख्दा निगमको हित विपरित कार्य गर्न सक्ने भन्दै आपूर्ति मन्त्रालयले गत कार्तिकमा मन्त्रालय तानेको थियो । मन्त्रालयमा उनलाई कुनै जिम्मेवारी दिइएको थिएन । उनको जागिर अवधि करिब ६ महिना बाँकी थियो । राम्रो काम गर्दागर्दा आफूलाई बदनियत राखेर जिम्मेवारविहिन गराएको भन्दै राजिनामा दिएको उनले बताए । सरकारले निगमको कार्यकारी निर्देशकबाट खड्कालाई गत असोज २ गते बर्खास्त गरे पनि सर्वोच्च अदालतको आदेशले असोज २२ मा उनी पुनर्वहाली भएका थिए । वहाली लगत्तै उनलाई सरकारले आपूर्ति मन्त्रालयमा हाजिर गराएको थियो । संसदीय समितिहरुले खड्काले अनियमितता गरेको भन्दै कारबाही गर्न सिफारिस गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री मण्डल, सचिव देवकोटाको पहलमा खड्का बर्खास्ती परेका थिए । स्पष्टिकरण नसोधि मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेका खड्का सर्वोच्चको आदेश पछि निगममा हाजिर भएका थिए । निगमले जग्गा प्राप्तिको लागि अनुसरण गर्नुपर्ने जग्गा प्राप्ति ऐन २०३४ मिचेको, संसदीय समितिको अध्ययनमा पनि अनियमितता गरेको भेटिएको, स्थलगत रुपमा चलनचल्तीको भन्दा कैयौं गुणा महंगो मूल्य तिरेर अनियमितता गरेको प्रमाणलाई आधार बनाएर मन्त्रिपरिषद् बैठकले कारबाहीको निर्णय गरेको थियो । खड्कामाथि जग्गा खरिदमात्र नभएर पेट्रोल, डिजेल ढुवानी गर्ने ट्यांकर, ग्यास ढुवानी गर्ने बुलेट, ग्यास उद्योग, पेट्रोल पम्प सञ्चालन अनुमति दिँदा मोटो रकम लिएर अनियमितता गरेको आरोप छ । स्थानीय प्रचलनमा रहेकोभन्दा ४ गुणा बढी रकममा जग्गा खरिद गरेर १ अर्ब ६१ करोड रुपैयाँ भ्रष्टाचार गरेको संसदीय समितिहरुको अनुगमनमा देखिएको थियो । महालेखाले पनि अर्ब बराबरकै नोक्सान राज्यलाई भएको प्रतिवेदन दिएको थियो । साभार :-narayaninews

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...