नेपाल सरकारले ६ प्रकारको पासपोर्ट जारि गर्ने |

देश

नेपाल सरकारले ६ प्रकारको पासपोर्ट जारि गर्ने |
श्रावण २५ काठमाडौँ :-नेपाल सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ । हाल सरकारले कूटनीतिक (रातो), विशेष (निलो), साधारण (हरियो) र यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट (कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ । सरकारले संसदमा पेश गरेको रहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रसताव गरेको छ । थपिने दुई प्रकारका राहदानीमा ‘सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’ छन् । विधेयकमा कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई ‘सर्भिस पासपोर्ट’ दिने व्यवस्था गरिएको छ । पानीजहाजमा काम गर्नेहरुका लागि साधारण हरियो पासपोर्टसँगै ‘सिम्यान्स पासपोर्ट’ का रुपमा लग बुक उपलब्ध गराइने प्रस्ताव छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...