प्रधान मंत्री केपी शर्मा ओली अस्पतालबाटै अनौपचारिकरुपमै आफ्नो काम थालनी |

देश

प्रधान मंत्री केपी शर्मा ओली अस्पतालबाटै अनौपचारिकरुपमै  आफ्नो काम थालनी |
कार्तिक १४ काठमाडौँ :- प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिकरुपमा आफ्नो काम थालनी गरेका छन् ।शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा.डा. अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्रीको अवस्थामा सुधार आएको तर आरामका लागि मात्र केही दिन अस्पतालमा बस्नुपर्छ भनेर सल्लाह दिएका हौँ ।’ अस्पतालका निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले गत सोमबार भर्ना भएपछि अहिलेसम्मको अवधिमा प्रधानमन्त्रीको स्वास्थ्यमा प्रत्येक घण्टा सुधार आएको छ, एन्टिवायोटिकको कोर्ष १–२ दिन बाँकी रहेकाले त्यो अवधिसम्म अस्पतालमै रहनु उपयुक्त हुने सल्लाह प्रधानमन्त्री ओलीलाई दिएको जानकारी दिए । प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले बुधबार बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा बिहान परीक्षण गरिएका रिपोर्टहरू सन्तोषजनक रहेको र स्वास्थ्य स्थितिमा थप सुधार देखिएको उल्लेख छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...