‘५ वर्ष मुनिका बालबालिकालाई मास्क नलगाईदेउ’-डब्लुएचओ

स्वास्थ्य

‘५ वर्ष मुनिका बालबालिकालाई मास्क नलगाईदेउ’-डब्लुएचओ
मास्कको प्रयोगलाई लिएर विश्व स्वास्थ्य संगगठन (डब्लुएचओ) र युनिसेफले कोभिड-१९ को सन्दर्भमा बालबालिकाको प्रयोगलाई लिएर पाँच वर्ष मुनिका बालबालिकाले मास्क लगाउन आवश्यक नभएको  उल्लेख गरेको छ। त्यस्तै ६ देखि ११ वर्षका बालबालिकाले अवस्था हेरिकन मास्कको प्रयोग गर्नुपर्ने उल्लेख छ। यो उमेर समूहका बालबालिकालाई ६ वटा अवस्थामा मास्कको प्रयोग गर्नु भनेको छ।
  • यदि उनीहरु रहने क्षेत्र संक्रमण तिब्र फैलिरहेको क्षेत्र हो भने
  • यदि बालबालिकामा मास्कको सही र सुरक्षित प्रयोगको बारेमा जानकारी छ भने
  • सफा मास्कमा पहुँच छ र फेरिरहन सकिन्छ भने
  • वयस्कको प्रयाप्त निगरानी छ भने
  • विशेष अवस्था तथा सिकाई तथा मानसिक विकासमा प्रभाव पर्छ भने
  • उच्च जोखिम पूर्ण वा गम्भिर स्वास्थ्य समस्या भएका व्यक्तिसँगको संवादका क्रममा
त्यस्तै १२ वर्ष भन्दा माथिका बालबालिकाहरुले वयस्क मानिसले जस्तै अनिवार्य र नियमित मास्कको प्रयोग गर्न डब्लुएचओले सुझाब दिएको छ। डब्लुएचओले प्राप्त सीमित प्रमाणहरुका आधारमा बालबालिकाहरुमा वयश्क भन्दा संक्रमण फैलाउने जोखिम कम रहेको र उमेर अनुसार यसमा फरक पर्ने जनाएको छ। कम उमेरका बालबालिका भन्दा किशोरावस्थाका बालबालिकाको संक्रमण फैलाउन बढी भूमिका हुने प्रमाणहरुले देखाएको जनाएको छ। त्यसैले १२ वर्ष भन्दा बाथिका बालबालिकाहरुले अनिवार्य मास्क लगाउनुपर्ने उल्लेख छ। डब्लुएचओले बालबालिकामा मास्कको प्रयोगको फाइदालाई हेरेर मात्र मास्क सम्बन्धि गाइडलाइन तयार गर्न सदस्य राष्ट्रसँग भनेको छ। बालबालिकमा मास्कको प्रयोग कोभिड-१९ संक्रमण नियन्त्रणलाई यसको प्रयोगले सामाजिक विकासमा पुग्ने असर, असहजता तथा सामाजिक तथा सञ्चारमा पर्ने प्रभावसँग तुलना गर्नुपर्ने उल्लेख छ। त्यसका लागि देशहरुले संक्रमणको तथ्यांकलाई विश्लेषण गरी जोखिमको मुल्यांकन गरेर बालबालिकामा मास्कको प्रयोग सम्बन्धी निर्देशिका बनाउन समेत भनेको छ। डब्लुएचओ र युनिसेफले बालबालिकामा मास्कको प्रयोगको विषयमा अनलाइनबाट भएका बैठकहरु, विज्ञहरुको सुझाबलाई लिएर ५ वर्ष मुनिका बालबालिकामा मास्कको प्रयोग गर्न नहुने निष्कर्ष निकालेको हो। यो सुझाब 'कुनै हानी नगर' भन्ने अवधारणबाट बालबालिकाको विकासका आधारशीला, पालनमा चुनौती र मास्क प्रयोगको ज्ञानलाई केन्द्रमा राखेर दिइएको डब्लुएचओको गाइडलाइनमा उल्लेख छ। गाइडलाइनमा विद्यालय तथा अन्य प्रकृतिका स्थानहरुमा गाइडलाइन बनाएर मास्कको प्रयोगलाई प्रोत्सहान गर्न सकिए पनि त्यसका लागि वयस्कको निर्देशन अनिवार्य हुनुपर्ने उल्लेख छ। डब्लुएचओले गत अप्रिल ६ मा पनि निर्देशिका जारी गर्दै मास्कको प्रयोगमा जोड दिएको थियो। 'मेडिकल मास्क लगाउनु भनेको रोकथाम उपायहरू मध्ये एक हो। यसले कोभिड-१९ निश्चित श्वासप्रश्वासको विषाणु रोगहरूको प्रसारलाई सीमित गर्न सक्छ,' डब्लुएचओको निर्देशिकामा उल्लेख छ, 'यद्यपि मास्कको प्रयोगमात्र पर्याप्त हुँदैन। अन्य सुरक्षाका उपायहरु पनि अपनाउन आवश्यक छ।' डब्लुएचओले स्वास्थ्य संस्था, भिडभाडयुक्त क्षेत्रमा जाँदा तथा संक्रमित वा संकास्पद ब्यक्तिसँग नजिक हुँदा तथा तिब्र संक्रमण भएको क्षेत्रमा जाँदा मास्कको प्रयोगलाई जोड दिँदै आएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...