भारतमा दैनिक ७६ हजार बढी संक्रमित भेटिन थाले

स्वास्थ्य

भारतमा दैनिक ७६ हजार बढी संक्रमित भेटिन थाले
शनिबार भारतमा कोरोनाका ७६ हनार ४ सय ७२ नयाँ संक्रमित थपिएका छन् । बिहिबार र शनिबार भेटिएका संक्रमितको तुलनामा यो थोरै कम हो । बिहिबार ७६ हजार ८ सय २६ संक्रमित भेटिएका थिए भने शुक्रबार ७६ हजार ६ सय ६५ संक्रमित फेला परेका थिए । शनिबार भारतमा कोरोनाका ७६ हनार ४ सय ७२ नयाँ संक्रमित थपिएका छन् । बिहिबार र शनिबार भेटिएका संक्रमितको तुलनामा यो थोरै कम हो । बिहिबार ७६ हजार ८ सय २६ संक्रमित भेटिएका थिए भने शुक्रबार ७६ हजार ६ सय ६५ संक्रमित फेला परेका थिए । तर लगातार यति ठूलो संख्यामा संक्रमित भेटिन थालेपछि संक्रमितको संख्यामा भारतले केही समयभित्र ब्राजिललाई उछिन्ने अनुमान गरिएको छ । ब्राजिलमा दैनिक रुपमा तीसदेखि ४० हजार संक्रमित भेटिने गरेका छन् । अमेरिकापछि ब्राजिल हाल कोरोनाभाइरसले सबैभन्दा प्रभाव पारेको देशको सूचीको दोस्रो स्थानमा छ । यहाँ कूल संक्रमितको संख्या ३८ लाख ४६ हजार रहेका छन् । यस्तै भारतमा कूल संक्रमितको संख्या ३४ लाख ६३ हजार रहेको छ । जानकारका अनुसार भारत सरकारले कोरोना परीक्षणको संख्या बढाएका कारण संक्रमितको संख्या धेरै देखिएको हो । कोरोनाद्वारा सर्वाधिक प्रभावित पाँच देशः १. अमेरिका–  ५९,५८,९०२ संक्रमितः १,८२,७१८ मृत्यु २. ब्राजिल– ३८,४६,१५३ संक्रमितः १,२०,२६२ मृत्यु ३. भारत – ३४,६३,९७२ संक्रमितः ६२,५५० मृत्यु ४. रुस– ९,८२,५७३ संक्रमितः १६,९७७ मृत्यु ५. ६,२९,९६१ संक्रमितः २८,४७१ मृत्यु स्रोतः बीबीसी

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...