शुक्रबारको मौसम पूर्वानुमान, कुन–कुन क्षेत्रमा भारी वर्षा ?

देश

शुक्रबारको मौसम पूर्वानुमान, कुन–कुन क्षेत्रमा भारी वर्षा ?
१२ भदौ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको  छत्तीसगढ राज्य तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम(उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको जनाएको छ । महाशाखाले हाल देशभर सामान्य बदली रही देशका बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ । शुक्रबार दिउँसो  देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । यसैगरी, गण्डकी प्रदेश, प्रदेश  ५, र सुदुर पश्चिम प्रदेशका एक वा दुई  स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५ र सुदुर पश्चिम प्रदेशका एक वा दुई  स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...