विवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ठगि गर्ने पक्राउ।

अन्य

चैत २२ काठमाडौँ ,विवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका–३ घर भएका ५२ वर्षीय नबिन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

विवाह गर्ने प्रलोभन देखाई पीडितलाई आफू अस्पतालमा रहेको जनाउँदै पटक पटक रकम पठाउन उनले लगाएको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ठगी गर्ने कार्यमा संलग्न श्रेष्ठलाई काठमाडौं बिशाल नगरबाट पक्राउ गरेको हो ।
उनलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...