अबिरल बर्षाका कारण देशभर मर्नेको संख्या ३० पुग्यो ।

अन्य

अबिरल बर्षाका कारण देशभर मर्नेको संख्या ३० पुग्यो ।
जुलाई १४ काठमाडौं :-अविरल वर्षाको कारण देशभर विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । २० जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा ५ जना, काठमाडौं, खोटाङ र काभ्रेमा ३,३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २ ,२ जना तथा पाँचथर, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १,१ जना गरी ३० जनाको ज्यान गएको हो भने १८ जना वेपत्ता भएका छन् । बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १,१ जना गरी ६४ जनाको सकुशल उद्दार गरिएको नेपाल प्रहरीले जनाएको छ ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...