आगामी मंगसिर १४ मा हुन गईरहेको प्रतिनिधीसभा तथा प्रदेशसभाको उपनिर्वाचनमा कूल ६४ उम्मेदवार मैदानमा ।

अन्य

आगामी मंगसिर १४ मा हुन गईरहेको प्रतिनिधीसभा तथा प्रदेशसभाको उपनिर्वाचनमा कूल ६४ उम्मेदवार मैदानमा ।
नोबेम्बर ११ काठमाडौँ :-आगामी मङ्सिर १४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा कूल ६४ जना उम्मेदवारहरु मैदानमा प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगले आइतबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै प्रतिनिधिसभा सदस्यतर्फ एक र प्रदेशसभा सदस्यको तीन रिक्त स्थानका लागि ५५ जना पुरुष र नौ महिला उम्मेदवार गरी कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेको जनाएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेका क्षेत्रमा उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम आइतबार साँझ सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा प्रतिनिधिसभा सदस्यतर्फ मनोनयन दर्ता भएका विभिन्न राजनीतिक दलका ११ र स्वतन्त्र ११ मध्ये स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएका छन् । उनको उम्मेदवारी फिर्तालगत्तै २१ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...