जग्गा देखाएर ठगी गर्ने एक महिला पक्राउ ।

अन्य

जग्गा देखाएर ठगी गर्ने एक महिला पक्राउ ।
अप्रील २७ स्याङ्गजा:-एउटै जग्गा  ठगी गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ । प्रहरीले पुतलीबजार नगरपालिका बस्ने सुनीता थापालाई ३३ लाख ठगीको आरोपमा पक्रेको हो । थापाले पुतलीबजार नगरपालिका–३, आम्बोटमा बाटोले छोएको मूल्यवान घरसहितको जग्गा देखाएर विभिन्न १५ व्यक्तिलाई ठगेको उजुरी परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । थापासँगै उनका श्रीमान् हुमबहादुर थापालाई पनि कारवाही गर्न पीडितहरुले माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले जिल्ला अदालतबाट थप सात दिन म्याद थपी थापालाई अनुसन्धान गरिरहेको बताए । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...