बार्यन बन्यो युरोपियन च्याम्पियन
खेलकुद विदेश
२२ औं मिनेटमा बायर्न पनि अग्रता लिनबाट चुक्यो । लेवान्डोस्कीले पेनाल्टी क्षेत्रभित्र टर्नमा गरेको फितलो प्रहारमा गोलरक्षक नाभास बिट भएपनि बल पोस्टमा लाग्दै फर्कियो । त्यसको एक मिनेट नबित्दै पीएसजीले काउन्टर अट्याकमा बढाएको मुभमा डी मारियाले गोल गर्न सकेनन् । एमबाप्पे र नेयमारले अगाडि बढाएको मुभमा डी मारियाको अन्तिम प्रहार आकासियो ।
सेन्टर डिफेन्डर जेरोम बोटेङले चोट बोकेपछि २५ औं मिनेटमा नै बायर्नले निकलास सुललाई मैदान प्रवेश गराएको थियो । २९ औं मिनेटमा नेयमारको फ्रिकिकमा क्लियर भएको बललाई आन्दर हरेराले पेनाल्टी क्षेत्र बाहिरबाट भली प्रहार गरेपनि बल डिफ्लेक्ट हुँदै बाहिरियो । ३१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको शक्तिशाली हेडरलाई गोलरक्षक नाभासले दोस्रो प्रयासमा सफल बचाउ गरे ।
निर्धारित समयको २ मिनेट समय बाँकी रहँदा प्रेस्नेल किम्पेम्बेले मुलरविरुद्ध पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ट्याकल गर्दै कुनै खतरा बढ्न दिएनन् । अन्तिम मिनेटमा एमबाप्पेले सुवर्ण अवसरको सदुपयोग गर्न नसक्दा पीएसजीले अग्रता लिन सकेन । अनमार्क रहेका एमबाप्पेको प्रहार सिधै नोएरको हातमा पुगेको थियो ।
लगत्तै अर्कोतर्फ जिनाब्रीको प्रहारलाई नाभासले बचाउ गर्दै खेल बराबरीमा नै राखे । इन्ज्युरी समयमा बायर्नले कोमानविरुद्ध फल भएको भन्दै पेनाल्टीको माग गरेपनि रेफ्रीले त्यस निर्णय दिएनन् ।
दोस्रो हाफको सुरुवातमै सर्ज जिनाब्रीले एक मिनेटको अन्तरमा नेयमारमाथि दुई पटक फाउल गरेपछि रेफ्रीले दोस्रो फाउलमा भने पहेंलो कार्ड देखाए । उक्त फाउलपछि जिनाब्रीमाथि झम्टिएका पारेडेसले पनि पहेंलो कार्ड पाए । त्यसको तीन मिनेटमा नै निकलस सुलले पनि डी मारियालाई मैदानको बीच भागमा लडाएपछि पहेंलो कार्ड पाए ।
खेलको ५९ औं मिनेटमा बायर्नले किंग्सले कोमानको गोलमा अग्रता लियो । पीएसजीका पूर्व खेलाडी कोमानले हेडरमार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाए । जोशुवा किम्मिचको क्रसमा कोमानले ६ यार्ड बक्सको ठिक बाहिर अनमार्क रहेको अवस्थामा नाभासलाई बिट गरे ।
लगत्तै कोमानले नै बायर्नको अग्रता दोब्बर पार्ने अवसर पाए । ६ यार्ड बक्स भित्रबाट कोमानले गरेको प्रहारमा गोलरक्षक नाभास बिट भएपनि कप्तान थियागो सिल्भाले गोललाइनमा बल क्लियर गर्दै खेल १-० कै स्थितिमा कायम राखे । ६६ औं मिनेटमा डेविड अलाबाले ३५ यार्ड टाढाबाट गरेको प्रहार अकासियो । अर्कोतर्फ एन्जल डी मारियाको क्रस एमबाप्पेले छुन नसक्दा बल सिधै नोएरको हातमा पुग्यो ।
खेलको ७० औं मिनेटमा नोएरले अर्को उत्कृष्ट बचाउ गर्दै बायर्नको अग्रता कायम राखे । डी मारियाले अलाबालाई नटमेग गर्दै दिएको लो क्रसमा मार्किन्हसको प्रहारलाई नोएरले खुट्टाले छेके । ७४ औं मिनेटमा नेयमारको प्रहार पोस्टभन्दा बाहिर गयो । 
