तमु प्ये ल्हु संघ कतारको पाचौ बार्षिकोत्सब भब्य रुपमा सम्पन्न ।

विदेश

तमु प्ये ल्हु संघ कतारको पाचौ बार्षिकोत्सब भब्य रुपमा सम्पन्न ।
सेप्टेम्बर २३ दोहा :-“प्ये महस्या छया म्हमु , छया महस्या ल्हु म्हमु , ल्हु महस्या म्हि म्हमु” अर्थत शस्त्रा हराए संस्कार हराउछ , संस्कार हराए संस्कृति हराउछ , संस्कृति हराए मान्छे अर्थात उस्को अस्तित्वनै हराउछ भन्ने उक्तिलाई मनन गरेर तमु (गुरुङ) जातिको आफ्नो मौलिक भेष-भुषा, भाषा, संस्कार, संस्कृति पहिचान एबं तमु प्ये ताँ ल्हु ताँ को संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन बिकासको निम्ति स्थापित तमु प्ये ल्हु संघ केन्द्रिय कार्यसमिति पोखराको मातहतमा प्रबास शाखा कतारको रुपमा गठन भएको तमु प्ये ल्हु संघ कतार शाखा स्थपनाको चौथो बर्षको अबसरमा संघले "पाचौ चौथो बार्षिकोत्सब २०१९" सभ्यताको साथ २० सेप्टेम्बर २०१९शुक्रबारको दिन दोहाको Mr Broust BBQ Resturant मिस्टर ब्रोउस्ट बीबी क्यु रेस्टुरेन्ट नज्मा सभा हलमा सम्पन्न गरिएको छ । तमु प्ये ल्हु संघ शाखा कतारका अध्यक्ष रबिन्द्र प्ल्हेमे तमुको सभापतित्व, सस्थापक अध्यक्ष एवम बर्तमान संरक्षक युद्ध जंग पह्च्यु तमु ज्युको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रममा संघको पच्यु खेगी गुरु जिबन ल्हेंगे तमु ज्यु तथा क्ल्हेप्री खेगी गुरु नबिन टु क्ल्हेप्री तमु ज्यु, जेस्ठ नागरिक खिम बहादुर प्ल्हेमे तमु ,प्रमुख सल्हाकार अमर ल्हेगे तमु ,NRNA-ICC सदस्य बिमल सुबेदी, NRNA-NCC पुर्ब महासचिब बुदबल गुरुङ, त्यसै गरि नया निर्बाचित प्रथम उपाध्यक्ष उत्तम गुरुङ बरिष्ठ पत्रकार तिल बिक्रम थेबे , बुद्धिजिबी समाजसेवी सियाराम चौधरीहरुको बिशेष अतिथि साथै दोहामा स्थापित विभिन्न जातीय, सामाजिक, जिल्ला र वैचारिक संघ सस्थाका प्रतिनिधीहरुको साथै सल्हाकारहरु आस बहादुर योज तमु ,संग्राम पह्च्यु तमु ,इच्छे पह्च्यु तमु ,सान पह्च्यु तमुहरु अतिथित्य रहेको थियो । राष्ट्रिय गान संगै तमु राष्ट्रिय गान र एक मिनेट मौनधारण पश्चात संघको प्रथम उपाध्यक्ष चन्द्र ल्हेगे तमुबाट स्वागत मन्तब्य राखी उपस्थित सम्पूर्ण लाई स्वागत गर्नु भएको थियो ।सभापती, प्रमुख अतिथि तथा बिशेष अतिथि ज्युहरुको हस्तबहाली बाट ब्यानर अनावरण गरी दियो प्रज्ज्वलन गरेर कार्यक्रमको औपचारिकता सुरु भएको थियो।भएको थियो । संघको खेगी गुरुहरु, पच्यु गुरु, सभापति, प्रमुख अतिथि तथा बिशेष अतिथि ज्युहरुलाई तमु परम्परा अनुसार फेटा लगाएर सम्मान गरिए पश्चात दुवै जना खेगी गुरु ले आशिमाला /शुभकामना /आशिष मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा तमु पोशाक लगाएर उपस्थित हुनु हुने दाजु-भाई दिदी-बहिनीहरु तथा सम्पूर्णले उभिएर प्ये ल्हु संघ स्वागत गितको सम्मान गर्नु भएको थियो भने संघको प्रथम उपाध्यक्ष चन्द्र ल्हेगे तमुबाट संघको बार्षिक प्रतिबेदन बाचन गरि सम्पूर्णलाई जानकारी गराउनु भएको थियो । संघको कलाकारहरुबाट रमाइलो सांस्कृतिक नृत्यको प्रस्तुती सगै सस्थाका महिला संयोजक सारा लेम तमुस्यो शुभकामना मन्तब्य संगै क्रमश अतिथी तथा बिशेष अतिथि ज्युहरु MNO कतार का अध्यक्ष बिरु लामा , सम्पूर्ण मातृ संस्था (जातीय) संस्थाहरुको प्रतिनिधित्व गर्दै तमु (गुरुङ) समाज कतारको अध्यक्ष भाईकाजी तमु , दोहामा स्थापित सम्पूर्ण जिल्ला संस्थाहरुको प्रतिनिधित्व गर्दै कास्की आदर्श सेवा समाज कतारको प्रथम उपाध्यक्ष मन बहादुर कुवार, बुद्धिजिबी बैचारिक सस्थाको तर्फबाट रकम ध्वज राइ ,समाजसेवी सियाराम चौधरी , पत्रकार तिलविक्रम थेबे, NRNA-ICC सदस्य बिमल सुबेदी र कार्यक्रमको प्रमुख अतिथि सस्थापक अध्यक्ष एवम बर्तमान संरक्षक युद्ध जंग पह्च्यु तमु हरुले आ आफ्नो तर्फबाट ब्यक्तिगत तथा सस्थागत रुपमा कार्यप्रगति शुभकामना दिनु हुँदै आफ्नो मनत्ब्य राख्नु भएको थियो । कार्यक्रम प्रती खुलेर प्रसंशा गर्नु हुँदै अबका दिनहरुमा संघलाई अझै बिस्तारित गरि सबै सामु एउटा् सहकार्य र सुमुधुर सम्बन्धमा रहि अग्रसरता भइ अघि बढ्दै आफ्नो मौलिकता पहिचान र एतिहासिक सम्पदाहरुको बिकास र प्रबर्धनमा लाग्दै जानू होला भन्ने सुझाब दिनु हुँदै मिठो सुझात्मक मनतब्य राख्नु भएको थियो । वर्ष भरिको हरेक आर्थिक सम्बन्धित आया व्यय प्रतिबेदन संघका बर्तमान कोषाध्यक्ष केशु ल्हेगे तमु ले प्रस्तुत गर्नु भएको थियो भने औपचारिक कार्यक्रम संचालन काबा सचिब देब चोर्मे तमुले गर्नु भएको थियो। साथमा सास्कृतिक कार्यक्रम संचालन को लागि मूल समिति महिला सदस्य सोनीका र पुरुष तर्फ संचालक तर्फ सद्स्य नबराज ले गर्नु भएको थियो। संघको यसै पाचौ बार्षिकोत्सब २०१९ को बेला संस्थाबाट एक सालको कार्याबधिमा संघको हरेक क्रियाकलापहरुमा आफ्नो सक्रियता भुमिका निभाई संघलाई दिनु भएको अतुलनीय योगदान दिनु हुने र वार्षिक उत्सब सब्य भब्य रुपमा सफल बनाउन प्रायोजक गर्नु हुने कोषाध्यक्ष केशु ल्हेगे तमु सदस्य घना लेम तमु उपसाखा सहसंयोजक पृतम ल्हेगे तमु सक्रिय सदस्यहरु, जिना पन्गीलम तमुस्यो ,पवन पह्च्यु तमु र गम्भीर ल्हेगे तमुलाई कार्यक्रमको प्रमुख अतिथि तथा प्रमुख सल्हाकार द्वारा क्रमसः क्रमु क्रेगि (फेटा) लगाई ,सभापति रबिन्द्र प्ल्हेमे तमुले बाट सम्मान पत्र हस्तान्तरण गरी सम्मान गरिएको थियो । साथै कार्यक्रममा आमन्त्रित दुई जना अतिथिहरुमा सफल ब्यबासायिकको रुपमा बिगत लामो समय देखि कतारलाई कर्मभुमि बनाईरहनु भएको श्री उत्तम गुरुङ ज्यु लाई ३० अगष्ट २०१९, शुक्रबारमा सु सम्पन्न NRNA, NCC कतारको आठौ राष्ट्रिय महाधिवेशनबाट (२०१९/२०२१) नया कार्यकालको लागि प्रथम उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित हुनु भएको त्यसै गरि NRNA,NCC QATAR नयाँ कार्यकालको निम्ति मनोनित सदस्य एबं कला तथा संस्कृति समितीको संयोजक जस्तो गरिमामय पदमा चयन हुनु भएका श्री मदन गुरुङ्ग ज्युलाई क्रमसः उहाहरु दुवै जनाको कार्यकाल सफलताको शुभकामना सहित तमु परम्परा अनुसार फेटा(क्रेगि) लगाई स-सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको थियो। कार्यक्रमलाई मनोरञ्जन दिलाउनको निमित्त कलाकारहरु, सरिता तमुस्यो ,माया क्रोम्छे तमुस्यो,एलिना , जिना पन्गीलम तमुस्यो र जीवन ल्हेगे तमुहरुको एकल तथा युगल बेजोड नृत्य प्रस्तुति रहेको थियो भने साथमा थप रौनक रोधी कार्यक्रमले गरेको थियो ,जसमा मुख्य गयन पुरुष तर्फ सीबी थिम्छे तमु र महिला तर्फ निशु मगरले मन मोहक गायन प्रस्तुति दिनु भएको थियो साथमा कलाकारहरु महिला तर्फ सुमित्र ठकुरी,सोनीका तमुस्यो जिना तमुस्यो ,सम्झना तमुस्यो ,सारा तमुस्यो ,सबिता तमुस्यो ,माया तमुस्योले साथ दिनु भयको थियो र पुरुष गायन यबम बाध्यबादनमा जीवन ल्हेगे तमु, सर्बजित तमु, देव तमु, शिशिर जंग तमु ,नबिन तमु,अन्जिब तमु,पवन तमुले साथ् दिनु भएको थियो भने कलाकारहरु द्वारा एकल तथा दोहोरी गायन प्रस्तुत गर्नु भएको थियो । अन्तमा सोही कार्यक्रमका सभापती तथा संघका अध्यक्ष श्री रबिन्द्र प्ल्हे तमु बाट आमन्त्रित प्रमुख अतिथि, बिशेष अतिथि, अतिथि ज्युहरु र संघको कार्यसमिति पदाधिकारीहरु, सल्लाहकार समितिको सदस्यहरु, विभागीय संयोजक, सहसंयोजकहरु, सम्पूर्ण केन्द्रीय समितिको पदाधिकारीहरु, शुभचिन्तक, सदस्यहरु, आर्थिक भौतिक नैतिक रुपमा सहयोग गर्नु हुने साथै कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै यो सद्भाव र सहयोग सदा रहिरहोस् भन्ने शुभेच्छाका साथ पाचौ बार्षिकोत्सब २०१९ कार्यक्रम समापन गर्नु भएको थियो।     फोटो :-पूर्ण गुरुङ

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...