पोखरामा २३ बर्षीय महिला बलात्कृत, आरोपी पक्राउ

अपराध

पोखरामा २३ बर्षीय महिला बलात्कृत, आरोपी पक्राउ
१६ भदौ, पोखरा । पोखरामा २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रातको समयमा  डर र धाकधम्की देखाई महिलालाई  जवरजस्ती करणी गर्ने पोखरा – १० अन्नपुर्ण टोलका  ५५ वर्षीय हरी बहादुर गुरुङ पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिनुभयो । डिएसपी हमालका अनुसार भूपू भारतीय सैनिक समेत रहेका गुरुङलाई जवरजस्ती करणी गरेको आरोपमा भदौ १२ गते राति ८ :३० बजेको समयमा पक्राउ गरिएको हो । गुरुङलाइ जवरजस्ती करणी मुद्धामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...