नेपाली राजदुतावास युएईको संयोजकत्वमा मातृभुमीको लागी संयुक्त राहत सहयोग अभियानमा नेफिन युएईद्वारा सहयोग रकम हस्तान्तरण ।

जनजाती बिशेस

जून २६ मनु कोंमे तमु फिष्टेल न्यूज।नेपाली राजदुतावास अबुधाबी युएईको संयोजकत्वमा युएईमा स्थापित सक्रिय संघ संस्था,नेपाली समाज युएई तथा नेपाली समाजमा आबद्ध संघ संस्था ,बैचारिक संगठन, नेपाली बिजिनेस काउन्सिल, नेफिन युएई , पत्रकार महासंघ,व्यवसायी , सामाजिक व्यक्तित्वहरु लगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु एकजुट भएर वर्तमान अवस्थामा विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट कोभिड - १९ को महामारीमा मातृभुमीको लागी संयुक्त राहत सहयोग अभियान चलाएको छ।

मातृभुमिको लागी संयुक्त राहत सहयोग अभियानमा युएईमा रहेका आदिवासी जनजातिहरुले पनि केहि रकमहरु संकलन गरि संयुक्त राहत संकलन समितीले चलाएको अभियानमा सहकार्य गर्दै रकम सहयोग गरेका छ्न। आदिवासी जनजातिहरु बाट सहयोग रकम संकलनको लागी नेफिन युएईको संयोजकत्वमा नेफिन युएईका सदस्य संस्थाहरु बाट रकम संकलन गरि नेफिन युएईका अध्यक्ष महेश मोक्तान, उपाध्यक्ष डिबि समर्पण मगर र महासचिव कुमार बलामीले संयुक्तरूपमा नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तान लाई ८,१०३/- (आठ हजार एक सय तीन) दिराम नेपाली रुपैयाँ झण्डै २ लाख ५० हजार हस्तान्तरण गरेको छ।

संयुक्त राहत सहयोग अभियानमा नेफिन युएईको संयोजकत्वमा नेफिन युएईका सदस्य संस्थाहरु बाट तपसिल बमोजिमको सहयोग रकम संकलन गरि हस्तान्तरण गरेको छ।
१. नेफिन युएई - (अध्यक्ष - महेश मोक्तान) - १,०००/- (एक हजार ) दिराम ।
२. तमु समाज युएई - (अध्यक्ष - उषा गुरुङ ) - १,३६५/- (एक हजार तीन सय पैसठ्ठी ) दिराम।
३ नेपाल मगर संघ शाखा युएई - (अध्यक्ष - शिला राना मगर ) - ५००/- ( पाँच सय) दिराम ।
४. तामाङ समाज युएई - (अध्यक्ष - सनिल घिसिङ) - ३००/- (तीन सय) दिराम ।
५. किरात राई यायोख्खा शाखा युएई - (अध्यक्ष - चन्द्र साम्पाङ राई ) - ३००/- (तीन सय) दिराम ।
६. किराँत याक्थुङ चुम्लुङ युएई - (अध्यक्ष - गज बहादुर वनेम) - ३५० /- ( तीन सय पचास ) दिराम
७. नेवा:पुच:युएई - (अध्यक्ष - लक्ष्मण श्रेष्ठ) -३०१/- (तीन सय एक ) दिराम ।
८. शेर्पा किदुङ युएई - (अध्यक्ष - निमा शेर्पा ) - ५५५/- ( पाँच सय पच्पन्न ) दिराम ।
९. थारु कल्याणकारिणी शभा युएई - (अध्यक्ष - खोर बहादुर महतो) - २,२२१/- (दुई हजार दुई सय एक्काईस ) दिराम ।
१०. प्रवासी भुजेल सेवा समिति युएई - (अध्यक्ष - रन्जन भुजेल) - २०१ /- ( दुई सय एक ) दिराम ।
११. सुनुवार सेवा समाज युएई - (अध्यक्ष - नर बहादुर सुनुवार) - ५०५ /- (पाँच सय पाँच ) दिराम
१२. YFIN युवा महासंघ युएई - (अध्यक्ष - दिपक थापा मगर) - ५०५ /- (पाँच सय पाँच ) दिराम ।

संयुक्त राहत सहयोग संकलन समितीले चलाएको सहयोग अभियान अन्तिम चरणमा पुगेको जानकारी गराउदै सहयोग र सहभागीताको लागी यो दु:खद समयमा अतन्तै महत्त्वपूर्ण रहेको र युएईमा रहेका सम्पुर्ण नेपालीको एकता एक उदाहरण बनेको नेफिन युएईका महासचिव तथा नेवा:पुच: युएईका महासचिव कुमार बलामीले बताउनु भएका छ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...