युएईमा आदिबासी जनजाति युवा महासंघको प्रवास संगठन बिस्तार।

जनजाती बिशेस

युएईमा आदिबासी जनजाति युवा महासंघको प्रवास संगठन बिस्तार।
फेब्रवरी १६ युएई मनु कोंमे तमु फिष्टेल न्यूज:- पहिचान सहितको संघीयता का लागि संविधान संशोधन , पुर्ण समानुपातिक सहभागिता र स्वरोजगार का लागि प्रथम युएई सम्मेलन " भन्ने मुल नाराका साथ युएईमा आदिवासी जनजाति युवा महासंघ नेपाल शाखा , युएई को प्रवास संगठन विस्तारित भएको हो। आदिवासी जनजाति युवा महासंघ संघ नेपाल संघीय परिषद का अध्यक्ष जि .एस गुरुङ को प्रमुख आतिथ्य र नेपाल आदिवासी जनजाति महासंघ खेलकुद विभाग का केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल का केन्द्रिय सदस्य रेखा लोप्चन तामाङ को उपस्थितिमा । दिपक थापा मगरको अध्यक्षता मा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो । अध्यक्ष :- दिपक थापा मगर उपाध्यक्ष :- विष्णु कुमारी गुरुङ " :- पाल्तेन तामाङ " :- अजय चाम्लिङ राई महासचिव :- गोपाल श्रेष्ठ सह:सचिव :- सृजना लिम्बू सह:सचिव :- सन्दिप राना मगर कोषाध्यक्ष :- अञ्जली लोप्चन तामाङ सह:कोषाध्यक्ष :- अरुण चौधरी सदस्यहरु :- सोमनाथ राई " :- पासाङ शेर्पा " :- लक्ष्मण थापा मगर " :- सुनिल राजभण्डारी " :- बसन्ती तामाङ " :- रमेश पुलामी मगर " :- विश्व राज मोक्तान सदस्य रहने गरि २०२०-२०२२ कार्यकाल का लागि नयाँ समावेशी कार्यसमिति विस्तार भएको हो । नेपाली समाज युएई , एन आर एन युएई , नेफिन युएई , फोनिज युएई , नेपाल मगर संघ शाखा , युएई , अन्तर्राष्ट्रिय नेपाली समाज युएई लगायत विभिन्न जिल्लागत संघ संस्था हरु को प्रतिनिधि हरु को उपस्थितिमा । वर दुबई स्थित यास्मिन रेस्टुरेन्ट को सभा हलमा । ऐतिहासिक प्रथम सम्मेलन पानस मा बत्ती बालेर समुदघाटन गरिएको हो । प्रमुख अतिथि जि एस गुरुङ ले जातीय मुक्ति आन्दोलनमा अहिलेसम्म सबैभन्दा धेरै आदिवासी जनजाती हरु ले बलिदानी दिएको । तर पनि अझैसम्म आदिवासी जनजाती हरु को हकहित मा राज्यले अहिलेसम्म पुर्ण अधिकार नदिएको र जातीय पहिचान लाई मेटाउदै गएको भन्दै सरकार प्रती आक्रोश व्यक्त गर्नुभयो । आफ्नो पहिचान र हक अधिकार का लागि आदिवासी जनजातीका युवाहरू एकजुट हुनुपर्ने समय आएको कुरा उल्लेख गर्नुभयो । सुरेन्द्र गुर्मछान मगर को संयोजकत्वमा आदिवासी जनजाती युवा महासंघ नेपाल शाखा , युएई को घोषणा सभा को आयोजना गरिएको हो । कार्यक्रम अञ्जली लोप्चन तामाङ को संचालनमा । निर्वाचन समितिका संयोजक डिबि लुङ्गेली मगर ले सर्वसम्मत चयन भएका पदाधिकारीहरू लाई अहोदाको प्रमाणपत्र दिदै । नेपाल बाट आउनु भएका । आदिवासी जनजाती युवा महासंघ नेपाल का केन्द्रीय अध्यक्ष जि एस गुरुङ ले सपथ ग्रहण गराए । नयाँ निर्वाचित अध्यक्ष दिपक थापा मगरले युएईमा छरिएर रहेका आदिवासी जनजातिका युवाहरूलाई समावेशी र समानुपातिक हिसाबले समेटेर अघि बढने प्रतिबद्धता जाहेर गरे ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...