तामाङ समुदायले इजरायलमा “सोनाम ल्होछार “फेब्रुवरी १६ तारिख मनाउने !

अन्य

माघ १६ फिष्टेल न्यूज तेल अभिव, नेपाल तामाङ घेदुङको आयोजनामा ''सोनाम ल्होछार'' इजरायलमा भब्य रुपले मनाउने भएको छ।"धर्म,भाषा,भेषभुषा लिपी, कला, साहित्य, संस्कार, संस्कृतिको संरक्षण तथा सम्बर्द्धनको" मुल उदेश्यले इजरायलमा रहेका सम्पूर्ण बौद्ध धर्मवालम्वि तामांग समुदायलाई एकता बद्द गरि बौद्ध धर्म विधिवद्ध पुजापाठ सहित बौद्ध धर्मवालम्विहरुको महान नेपाली राष्ट्रिय पर्व मंजुश्री संवत २८६० डुक/ मु पुख्रि ल्हो अर्थात सोनाम ल्होछार (ड्रागन वर्ग) आउदो फेब्रुअरी १६ तारीख २०२४ शुक्रबार साँझ ७ बजे EVE हलमा मनाउने भएको संस्थाका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक मदन नेगी तामांगले फिष्टेल न्यूजलाई बताउनु भएको छ |यस अवसरमा बौद्ध धर्म विधिवद्ध पुजापाठ का साथ स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ सांगीतिक कार्यक्रम साथै स्वादिष्ट नेपाली/तमाङ्ग परिकारहरुको मिठो स्वाद लिन्दै मौलिक चाड सोनाम ल्होछार शुभकामना अदान प्रदान गर्ने कार्यक्रम रहेको पनि वहाले बताउनु भएको छ !उक्त कार्यक्रममा इजरायलमा क्रियासिल रूपमा रहेका विभिन्न राजनीतिक, समाजिक, धार्मिक संघ-संस्थाका अध्यक्ष/ पदाधिकारीहरु , इजरायलमा कार्यरत सम्पूर्ण तामाङ तथा गैर तामाङ नेपाली भाषी दाजुभाइ तथा दिदिबहिनीहरु सम्पूर्णमा "सोनाम ल्होछार सांगीतिक साँझ २०२४" कार्यक्रममा गरिमामय उपस्थित भइ कार्यक्रमको शोभा बढाइ दिनुहुन नेपाल तामाङ धेदुङ, इजरायल परिवारको तर्फ बाट कार्यक्रम संयोजक नेगीले हार्दिक निमन्त्रणा गर्नु भएको छ !घेदुङ्गले प्रत्येक बर्ष ल्होछार कार्यक्रम भब्य रुपले मनाउदै आईरहेको छ !
कार्यक्रम हुने स्थान
मिति : १६ फेब्रुअरी २०२४
समय : साँझ ७:०० बजे शुक्रबार
स्थान:- याद्खारुचिम १५ तेल अभिव इजरायल


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...