ढोरपाटन बाढी अपडेट : १२ को मृत्यु, ४२ बेपत्ता (नामावलीसहित)

देश

ढोरपाटन बाढी अपडेट : १२ को मृत्यु, ४२ बेपत्ता (नामावलीसहित)
१८ भदौ, बागलुङ । ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाढीमा परि बेपत्ता हुनेको संख्या ४२ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय  बागलुङका अनुसार दिउँसो सम्ममा ४२ जना बेपत्ता भएको र यो संख्या अझै थपिन सक्ने देखिएको छ । बिहीबार बिहानसम्म १३ जना बेपत्ता भएको जानकारी आए पनि प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा प्रत्यक्ष पुगेपछि तेब्बर बढी संख्यामा मानिस बेपत्ता भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । राती करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ७,८ र ९ का ३१ घर बगाएको छ । मृतकमध्ये चार जना पुरुष र एक बालिकासहित ८ जना महिला छन् । जसमा एक महिलाको भने सनाखत भएको छ ।  ढोरपाटन नगरपालिका  ९ की २६ वर्षीया केशमाया विक रहेको रेग्मीले बताए । शव कतै पुलको लठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनारको बालुवामा भेटिएका छन् । शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको हो । बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, एक जीप लगायत गाई वस्तु बगाएको छ । बेपत्ताको नामावलीः १) ढोरपाटन नगरपालिका ९  द्वाल बस्ने वर्ष २०।२२ को जीवन बिक । २) ऐ.ऐ. बस्ने वर्ष २३।२४ को नारायण बिक । ३) ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष २०।२१ कि टेकमाया बिक । ४) निजहरुकै छोरी वर्ष १ की नाम नखुलेकी बालिका । ५) ऐ.ऐ. बस्ने वर्ष १५।१६ कि मनिषा बिक । ६) ऐ.ऐ. घट्टेचौर बस्ने वर्ष २८ कि शनि बिक । ७) निजको छोरा वर्ष ९।१० को रोशन बिक । ८) निजको छोरा वर्ष ४।५ को रवि बिक । ९) नाम नखुलेको १५ दिनको बच्चा १ । १०) ऐ.ऐ. बस्ने वर्ष २५।२६ कि मन कुमारी बि.क. । ११) ऐ.ऐ. बस्ने वर्ष २५।२६ कि केशमाया बिक ( लास फेला परेको ) । १२) ऐ.ऐ. बस्ने वर्ष २९।३० को प्रेम पुन । १३) ऐ.ऐ. बस्ने भुसुन्डे बस्ने वर्ष २०।३० कि कुमारी बिक । १४) ऐ.ऐ. बस्ने वर्ष १४।१५ को समुन्द्र बिक । १५) ऐ.ऐ. बस्ने वर्ष १०।१२ कि पुनम बिक । १६) ऐ.ऐ. बस्ने वर्ष ३०।३१ को जीत बहादुर घर्ती । १७)  ऐ.ऐ. बस्ने वर्ष ४३।४४ को राजु घर्ती । १८) ऐ.ऐ. घट्टेबोट बस्ने वर्ष ३५।३६ कि करमती बुढा । १९) ऐ.ऐ. बस्ने वर्ष ३५।३६ कि रिना कुमारी घर्ती । २०) ऐ.ऐ. बस्ने वर्ष २०।२२ कि दिलमया पुन । २१) निजको छोरी वर्ष ३।४ कि प्रकृति पुन । २२) ऐ.ऐ. बस्ने वर्ष ६०।६१ कि डोटी पुन । २३) ऐ.ऐ. सानो कुगु बस्ने वर्ष ३५।३६ को हेम बहादुर बिक । २४) ऐ.ऐ. बस्ने श्रीमती वर्ष ३४।३५ कि उजेली बिक । २५) ऐ.ऐ. बस्ने छोरा  वर्ष ८।९ को दलु बिक । २६) ऐ.ऐ. बस्ने  निजहरूकै बच्चा १० महिनाको नाम नखुलेको  । २७) ऐ.ऐ. बस्ने वर्ष ४०।४१ को कर बहादुर बिक । २८) ऐ.ऐ. बस्ने श्रीमती वर्ष ३७।३८ कि हस्तमाया बिक । २९) ऐ.ऐ.  दुनेपधेरा बस्ने वर्ष ६०।६५ कि तुलमती घर्ती । ३०) ऐ.ऐ. लाकुरी बोट बस्ने वर्ष ५५।५६ कि कौशिला पुन । ३१) निजको छोरा वर्ष २०।२१ को विशाल पुन । ३२) ऐ.ऐ. पावरहाउस बस्ने वर्ष २५।२६ कि धनमाया बिक । ३३) निजको छोरा वर्ष २।३ को नाम नखूलेको बालक  । ३४) ऐ.ऐ. सुप्राङ बस्ने वर्ष नखुलेको बिरे बिक को श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार । ३५) जिल्ला बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको वर्ष २४।२५ को नबिन भण्डारी । ३६)  जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र वर्ष नखुलेका अन्य ३ जना ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...