लामो दुरीको यातायात र हवाइ उडान भदौ मसान्तसम्म नखुल्ने

देश

लामो दुरीको यातायात र हवाइ उडान भदौ मसान्तसम्म नखुल्ने
सरकारले भदौ मसान्तसम्म लामो दुरीका यातायात नचलाउने निर्णय गरेको छ। १५ भदौसम्म रोक लगाएको भएपनि कोरोना संक्रमण दर बढेपछि भदौ मसान्तसम्म नखोल्ने मन्त्रिपरिषदले निर्णय गरेको हो। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडान, लामो दुरीको अन्तर जिल्ला यातायात, सिमानाकाबाट स्थलगत आवागमन, शैक्षिक संस्था लगायत भदौ मसान्तसम्म बन्द नै राख्ने निर्णय गरेको उर्जामन्त्री वर्षमान पुनले हिमाल खबरलाई बताए। “१५ भदौसम्म बन्द रहने भनिएको क्षेत्रहरू भदौ मसान्तसम्म नखाेल्ने निर्णय भएकाे छ”, मन्त्री पुनले भने। गएको ७ साउनमा बन्दाबन्दी अन्त्य भएपछि यी क्षेत्रहरु १ भदौबाट नै खुल्ने भनिएको थियो। तर, राजधानी उपत्यकामै संक्रमण बढेपछि १५ भदौसम्म बन्द रहने निर्णय भएको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...